• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अध्यादेशबाट देश चलाउन खोज्नु गलत : शेखर कोइराला

अध्यादेशबाट देश चलाउन खोज्नु गलत : शेखर कोइराला

images

प्रभाव न्यूज

२८ माघ २०८१
  • 3.6K
    SHARES
  • images
    अध्यादेशबाट देश चलाउन खोज्नु गलत : शेखर कोइराला
    images
    images
    images

    नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु गलत भएको बताएका छन् ।

    images

    भक्तपुरमा जिपि कोइराला फाउन्डेसनले सोमबार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठीमा नेता कोइरालाले अध्यादेशबाट देश चलाउने संस्कारको विकास गर्न नहुने बताएका हुन् ।

    ‘दुईतिहाइको सरकारलाई अध्यादेश ल्याउनु पर्ने जरुरी नै थिएन,’ उनले भने, ‘संसद्लाई छलेर जान खोजियो भने निरंकुशता हावी हुन्छ । त्यसैले अध्यादेशबाट देश चलाउने संस्कार त्यागेर संसद्बाटै नियम, कानुन, ऐनहरू बनाइ अगाडि जानुपर्छ ।’

    नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले राजनीति र प्रजातन्त्र बिग्रियो भने देश पनि बिग्रिने बताइन् । कांग्रेस नेता एनपी साउद, स्वास्थ्यमन्त्री प्रदीप पौडेल लगायतका नेताले गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानको चर्चा गरेका थिए ।

    images

     

    images

    images
    images

    प्रकाशित :माघ २८, २०८१ सोमवार - २१:५२:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij