काठमाडौँ - हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
तराईका थोरै स्थानहरूमा हल्का हुस्सु र कुहिरो लागेको छ।
कोशी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बिहानीपख तराईका भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।