• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


खोटाङमा युवा आत्महत्या प्रकरण– असईको जिम्मेवारी खोसियो 

खोटाङमा युवा आत्महत्या प्रकरण– असईको जिम्मेवारी खोसियो 

images

प्रभाव न्यूज

२६ माघ २०८१
  • 36.8K
    SHARES
  • images
    खोटाङमा युवा आत्महत्या प्रकरण– असईको जिम्मेवारी खोसियो 
    images
    images
    images

    खोटाङ - जबरजस्ती करणीको आरोप लगाउँदै बिनाकारण हत्कडी लगाएकाले एक युवाले आत्महत्या गरेको भन्दै प्रहरीमा जाहेरी परेको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका १९ वर्षीय राम परियारले शुक्रबार बिहान आत्महत्या गरेको भन्दै उनका परिवारले साँझ प्रहरीमा जाहेरी दिएका जाहेरी दिएका हुन् ।

    images

    मृतकका दाजु कुशल परियारले दिएको जाहेरीमा अर्खौलेस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक ४५ वर्षीय पोशराज कार्की र अर्की एक महिलाविरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै कानुनी कारबाहीको माग गरिएको छ । मृतक भाइले आफू होइन भन्दाभन्दै पूर्जीबिनै पक्राउ गरी समाजमा बेइज्जत गरेकाले आफूले आत्महत्या गर्न बाध्य पारेको सुसाइटनोटमा उल्लेख गरेकाले जाहेरी दिइएको कुशलले बताए । ‘भाइले मैले गल्ती गरेको छैन भन्दाभन्दै बेकारमा हत्कडी लगाएर पक्राउ गरी गाउँ समाजमा बेइज्जत गरेकाले आत्महत्या गरेकाले जाहेरी दिएको हो,’ कुशलले भने ।

    जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सन्जु कार्कीका अनुसार ४० वर्षीया एक महिलाले स्थानीय १७ वर्षीय किशोरले आफूलाई जबरजस्ती गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि बिहीबार बेलुकी राम परियारलाई केही समय नियन्त्रणमा लिएर छाडेको थियो । 
    त्यही विषयमा समाजमा बेइज्जत भयो भनेर आत्महत्या गरेको सुसाइटनोटले देखाएपछि मृतकका दाजुले जाहेरी दिएको वडासदस्य किशोर श्रेष्ठले बताए । ‘हिजो बेलुकी पाँच बजेतिर पक्राउ गरी साँझ साढे छ बजेतिर बाबु गंगा परियारको जिम्मा लगाएर छाडियो, त्यसपछि गाउँ समाजमा बेइज्जत भयो भनेर सुसाइटनोट गोजीमा राखेर आज बिहानै आत्महत्या गरेछ, त्यसैको आधारमा मृतकका दाजुले जाहेरी दिएका हुन्,’ वडा सदस्य श्रेष्ठले भने, ‘जाहेरी दिएपछि डीएसपीसापले कानुनबमोजिम प्रक्रिया अघि बढाउने आश्वासन दिनुभएको छ।’

    युवक मृत फेला प्रकरणमा प्रहरी चौकी अर्खौलेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) पोषराज कार्कीको जिम्मेवारी खोसिएको छ । मृतकले उनीविरुद्ध सुसाइट नोट लेखेर आत्महत्या गरेका कारण उनको जिम्मेवारी खोसिएको हो । 

    images

    उनले लेखेको सुसाइट नोट घट्नास्थलमा स्थानीयको चर्को दबावपछि प्रहरीले पढेर सुनाएका थिए । प्रहरीले पढेको रामको सुसाइट नोटमा ‘मर्ने कुरा दिमागमा अर्खौलेका असई साबले गर्दा आएको हो । मलाई आरोप लागेको हो भन्ने कुरा प्रमाणित नभई मलाई हत्कडी लगाएर बाँच्न मन लाग्न छोडयो । मैले गल्ती गरेको छैन । मेरो बाबालाई कसैले दोष नदिनु । हत्कडी लगाएर मलाई समाजको अगाडि लज्जित बनाउने हो र? उहाँको कारण मैले ज्यान गुमाउनु परेको हो । मलाई हत्कडी नलगाउनुप¥थ्यो । मेरो गल्ती के हो भन्ने नभई हत्कडी लाएपछि मलाई मुख देखाउन लायक बनाएन सरी माई फेमेली ।’
    प्रहरीले उक्त सुसाइट नोट पढिसकेपछि स्थानीयहरु असईप्रति आक्रोसित हुँदै असई कार्कीलाई कारवाहीको माग गरेका थिए । 

    images

    images
    images

    प्रकाशित :माघ २६, २०८१ शनिवार - ०७:३५:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij