• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...

पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...

images

प्रभाव न्यूज

२५ माघ २०८१
  • 9.7K
    SHARES
  • images
    पूर्वप्रेमीले व्यक्तिगत सम्बन्धका भिडियो आफन्तको म्यासेन्जरमा पठाएपछि...
    images
    images
    images

     प्रहरीले सामाजिक  सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो र जिल्ला प्रहरीका कार्यालय सिरहाको संयुक्त टोलीले उदयपुरको लिम्चुङबुङ गाउँपालिका ४ का ३१ वर्षीय विश्वराज राईलाई बिहीबार पक्राउ गरेको हो ।

    images

    राईमाथि पीडित महिला र उनीसँग प्रेम सम्बन्धमा रहँदा व्यक्तिगत भिडियो तथा तस्बिरहरु उनका आफन्तको सामाजिक सञ्जाल ९म्यासेन्जर० मा पठाई गाली गलौज समेत गरी चरित्र हत्या गरेको आरोप लागेको छ । सोही आरोपसहित पीडित महिलाले दिएको उजुरीका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    पक्राउ परेका राईलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहको प्रहरीले जनाएको छ ।   

    images
    images

    प्रकाशित :माघ २५, २०८१ शुक्रवार - १६:५९:२८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij