९ महिनासम्म युक्रेनी सेनाको नियन्त्रणमा रहेका २ जना नेपाली स्वदेश फर्किएका छन्। स्वदेश फर्किनेहरूमा दोलखाका शेर शाङ्बो शेर्पा र तेह्रथुमका फुर्वा शेर्पा रहेका छन्।
जर्मनीको बर्लिनस्थित नेपाली राजदूतका अनुसार अध्यागमन कानुन उल्लङ्घन गरेको अभियोगमा युक्रेनी सेनाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयमा पठाइएको थियो । उनीहरू अध्ययनका लागि युक्रेन पुगेका थिए ।
अध्यागमन कार्यालयमा कागजी प्रक्रिया मिलाउने क्रममा समय लागेको उनीहरूले बताएका छन् । उनीहरूलाई राजदूतावासको अथक र निरन्तर प्रयासपछि रिहा गरिएको थियो।
उनीहरूलाई युक्रेनको परराष्ट्र मन्त्रालय, किभस्थ मोल्डोभाको राजदूतावास र युक्रेनका लागि श्रीलङ्काका अवैतनिक वाणिज्यदूतको सहयोग लिएर युक्रेनबाट ६ फेब्रुअरी २०२५ मा मोल्डोभाको ऋजष्कष्लबग बाट उद्धार गरिएको थियो।
उनीहरूलाई फर्कनका लागि आवश्यक हवाईजहाजको टिकटको प्रबन्ध गैर आवासीय नेपाली सङ्घको मुख्यालयले गरेको थियो । विषम परिस्थितिमा रहेको मुलुक युक्रेनमा कुनै पनि प्रयोजनको लागि वा कुनै प्रकारको प्रलोभनमा परी नजान राजदूतावासले अनुरोध गर्दै आएको छ।
मानव तस्करहरूको प्रलोभनमा परि अझै पनि छिटपुट रूपमा नेपाली नागरिकहरू युक्रेन आएको पाइएको दूतावासले जनाएको छ। सन् २०२३ को जनवरी तेस्रो हप्तादेखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका नेपाल लगायतका मुलुकहरूबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीहरूलाई प्रवेशाज्ञा ९ख्ष्कब० जारी नगर्ने निर्णय गरेको थियो।
कुनै पनि तरिकाबाट युक्रेन प्रवेश गरी विपदमा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठिन हुने भएकोले यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न राजदूतावासले अनुरोध गरेको छ।