• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


झापाको होटलमा बेहोस भएका युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

झापाको होटलमा बेहोस भएका युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ

images

प्रभाव न्यूज

२५ माघ २०८१
  • 5.5K
    SHARES
  • images
    झापाको होटलमा बेहोस भएका युवकको मृत्यु, युवती र होटल सञ्चालक पक्राउ
    images
    images
    images

    झापाको बिर्तामोड नगरपालिका–४ स्थित होटल एभरेस्टमा लडेर बेहोस भएका एकजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा हल्दिवारी गाउँपालिका–१ घर भएका ३० वर्षीय सागर बेस्ना छन् । 

    images

    उनी आफ्नी केटीसाथी सुनसरी घर भएर कनकाई नगरपालिकामा बस्ने मुना विकसँग सो होटलमा गएका थिए। गएराति खाना खाएर सुतेका बेस्ना शौचालयको ढोकामा लडेका थिए। बेहोस भएर ढलेका उनको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले बताए । 

    घटनाबारे अनुसन्धान गर्न प्रहरीले उनीसँगै होटलमा गएकी २३ वर्षीया मुना बिक र होटल सञ्चालक ४८ वर्षीया याम कुमारी उप्रेतीलाई पक्राउ गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको डीएसपी चन्दले जानकारी दिए ।

    images
    images

    प्रकाशित :माघ २५, २०८१ शुक्रवार - ११:०९:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij