• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


१४ सय भाडा नदिएको निहुँमा घरबेटीद्वारा हत्या

१४ सय भाडा नदिएको निहुँमा घरबेटीद्वारा हत्या

images

प्रभाव न्यूज

२५ माघ २०८१
  • 5.0K
    SHARES
  • images
    १४ सय भाडा नदिएको निहुँमा  घरबेटीद्वारा हत्या
    images
    images
    images

    बुटवल - १४ रुपैयाँ  घर भाडा नदिएको निहुँमा  पाल्पामा घरबेटीले  एक जनाको हत्या गरेको खुलेको छ । 

    images

    तानसेन–११, साँचाका ३१ वर्षीय माधव विष्टले  घरभाडा नदिएको  निहुँमा  डेरामा बस्दै आएका रिब्दीकोट–१, जोगीथुमका ५२ वर्षीय रुद्रबहादुर बुढाथोकीको  हत्या गरेको खुलेको हो । 

    हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विष्टलाई पक्राउ गरी अनुसन्धान गर्दा  १४ रुपैयाँ घर भाडा नदिएको निहुँमा हँसिया प्रयोग गरी हत्या गरेको खुलेको जिल्ला  प्रहरी कार्यालय पाल्पाका डिएसपी  सुनिल मल्लले रातोपाटीलाई जानकारी दिए ।   बुढाथोकी  ६ महिनादेखि विष्टको घरको एउटा कोठामा बस्ने गरेका थिए ।   
    मासिक  ५ सय रुपैयाँ दिने सहमति भए पनि पछिल्लो समय १४ सय  रुपैयाँ तिर्न बाँकी भएको र विवादका क्रममा मदिरा सेवन गरेका विष्टले हँसिया प्रयोग गरी हत्या  गरेको खुलेको डिएसपी मल्लले बताए ।

    बुढाथोकीले मजदुरीको काम गर्दै आएका थिए । प्रहरीका अनुसार बुढाथोकी माघ २३ गते बिहान ८ बजेतिर डेराको कोठामा मृत भेटिएका थिए । मृतकको नाक, निधार, मुख र सुतेको खाटमा समेत रगत लागेको थियो ।

    images

     सोही आधार हिजो घरबेटीलाई पक्राउ गरी अनुसन्धान गर्दा हत्याको गरेको पुष्टि भएको प्रहरीले  जनाएको छ । उक्त घरमा विष्ट र बुढाथोकी मात्रै बस्ने गरेका थिए। विष्ट दैनिक मदिरा सेवन गर्ने व्यक्ति रहेको  प्रहरीले जनाएको छ । विष्टलाई जिल्ला अदालतबाट बाट म्याद थप गरी  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images

     

    images
    images

    प्रकाशित :माघ २५, २०८१ शुक्रवार - ११:००:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij