• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना

झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना

images

प्रभाव न्यूज

२५ माघ २०८१
  • 5.7K
    SHARES
  • images
    झापाबाट काठमाडौँ आउँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना
    images
    images
    images

     झापाबाट काठमाडौँतर्फ आइहेको निजी गाडी दुर्घटना भएको छ । 

    images

    विपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–५ मा शुक्रबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। साथै एक जनाको अवस्था गम्भीर छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा गाडीचालक दोलखाको गौरीशङ्कर गाउँपालिका घर भएका २७ वर्षीय सुशान्त नेपालीको मृत्यु भएको हो । 

    मोरङको लेटाङ नगरपालिका–२ का ३४ वर्षीय देवी लिम्बूको अवस्था गम्भीर छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । इलाम देउमाई नगरपालिका–८ का ५३ वर्षीय सनबहादुर तामाङ, काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–५ का २८ वर्षीया श्वेता गिरी, सोही स्थानका २८ वर्षीय सञ्जय रोक्का, झापाको बाह्रगढी गाउँपालिका– १ का २७ वर्षीय किस्कु मण्डल घाइते भएको उनले जानकारी दिए ।

    images

    images
    images

    प्रकाशित :माघ २५, २०८१ शुक्रवार - ०८:४०:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij