• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


दिक्तेल बजारमा महोत्सवको आयोजना,राजेश पायल र एलिना चौहान आउने 

दिक्तेल बजारमा महोत्सवको आयोजना,राजेश पायल र एलिना चौहान आउने 

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 4.3K
    SHARES
  • images
    दिक्तेल बजारमा महोत्सवको आयोजना,राजेश पायल र एलिना चौहान आउने 
    images
    images
    images


    खोटाङ– खोटाङको दिक्तेलबजारमा मिनि महोत्सव हुने भएको छ। नमुना स्पोर्टस क्लब लफ्याङको आयोजनामा फागुन १ गतेदेखि १६ गतेसम्म प्रथम मझुवागढी कालिका भगवती मिनी महोत्सव हुने भएको हो।

    images

    दिक्तेलको बेसक्यामस्थित जैपुरेडाँडामा शशुल्क सहितको महोत्सव हुने आयोजकले माघ २४ गते दिक्तेलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

    महोत्सवमा स्थानीय कृषि मेला प्रदर्शनी, गायन तथा लोक नृत्य, साहित्य तथा कविता वाचन, जिल्लाभरीका खेलाडीमध्ये विद्यागत उत्कृष्ट खेलाडी सम्मान, उत्कृष्ट पत्रकार पुरस्कार, स्थानीय तथा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती हुनेछ।

    रोटे पीङ, मिकी माउस, स्कारपीओ, जम्पिङ, तीरबोट, हात्तीघोडा रेस, घडी चिठ्ठा लगायतका खेल महोत्सवको अर्को आर्कषण रहेको नमुना स्पोर्टस क्लबका पूर्वअध्यक्ष काजीमान राईले जानकारी दिए।

    images

    महोत्सवमा बाहिरका व्यापार, व्यवसायीलाई बन्देज गरिनेछ। स्थानीय उत्पादनलाई प्रवद्र्धन गरिने, दिक्तेलबजार र यहाँका व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवको रहेको जनाईएको छ।

    images

    सबै पक्षलाई  समेटेर समग्रमा महोत्सवलाई बहुआयमिक बनाईने लक्ष्य राखिएको मिनी महोत्सव संयोजक राजेन्द्र राईले बताए। राईका अनुसार १६ दिने महोत्सवमा दुई करोडमाथिको व्यापार व्यवसाय हुने अनुमान गरिएको छ।

    महोत्सवमा प्रत्येक दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ ।

    गायक राजेशपायल राई, शम्भु राई, गायिका एलिना चौहान, बबिना किरातीसहित भ्वाईस अफ नेपालमा प्रतिस्पर्धा गरिरहेका खोटाङका गायकहरुले महोत्सवमा प्रस्तुती दिने क्लबका अध्यक्ष सविन राई विज्ञानले बताएका छन्।

    हाँस्य कलाकार दीपाश्री निरौलासहितको टीमलाई पनि महोत्सवमा ल्याईने जनाईएको छ।

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - २०:५८:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij