• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


युक्रेनको जेलबाट दुई नेपालीको उद्धार गरी नेपाल फर्काइयो

युक्रेनको जेलबाट दुई नेपालीको उद्धार गरी नेपाल फर्काइयो

images

प्रभाव न्यूज

२४ माघ २०८१
  • 4.0K
    SHARES
  • images
    युक्रेनको जेलबाट दुई नेपालीको उद्धार गरी नेपाल फर्काइयो
    images
    images
    images

    काठमाडौं - युक्रेनमा जेलमा रहेका दुई नेपाली नागरिकलाई जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले उद्धार गरी आज नेपाल फर्काएको छ। अध्यागमन कानुन उल्लंघनका कारण उनीहरू २०२४ को मे महिनादेखि युक्रेनको जेलमा थिए । 

    images

    दूतावासले युक्रेनको परराष्ट्र मन्त्रालय, किभस्थित मोल्डोभाको राजदूतावास र युक्रेनका लागि श्रीलंकाका अवैतनिक वाणिज्यदूतलगायतको सहयोग लिएर उनीहरूको उद्धार गरेको जनाएको छ ।
    उनीहरूलाई नेपाल फर्कनका लागि आवश्यक हवाइजहाजको टिकटको प्रबन्ध गैरआवासीय नेपाली संघको मुख्यालयले गरेको थियो।
     
    विषम परिस्थितिमा रहेको मुलुक युक्रेनमा कुनै पनि प्रयोजनको लागि वा कुनै प्रकारको प्रलोभनमा परी नजान राजदूतावासले ०७९ फागुनमा सूचना जारी गरेको थियो । मानव तस्करहरूको प्रलोभनमा परी अझै पनि छिटपुट रूपमा नेपाली नागरिक युक्रेन आएको पाइएको दूतावासले जनाएको छ।

    सन् २०२३ को जनवरी तेस्रो हप्तादेखि युक्रेनसँग सिमाना जोडिएका मुलुकहरूले युक्रेनमा रहेका नेपाललगायत मुलुकबाट आफ्नो देशमा प्रवेश गर्न खोज्ने विदेशीलाई प्रवेशाज्ञा जारी नगर्ने निर्णय गरेका थिए । 

    कुनै पनि तरिकाबाट युक्रेन प्रवेश गरी विपदमा परेको अवस्थामा उद्धार गर्न अत्यन्त कठिन हुने भएकाले यो वा त्यो बहानामा युक्रेन प्रवेश नगर्न राजदूतावासले सबै नेपाली नागरिकलाई पुनः अनुरोध गरेको छ ।

    images

    images
    images

    प्रकाशित :माघ २४, २०८१ बिहिवार - २०:५३:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij