• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रविले गोर्खा मिडियाबाट निकिताको नाममा काटेका थिए ४ वटा चेक, ससुराको कम्पनीमा ८१ लाख २५ हजार भुक्तानी

रविले गोर्खा मिडियाबाट निकिताको नाममा काटेका थिए ४ वटा चेक, ससुराको कम्पनीमा ८१ लाख २५ हजार भुक्तानी

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 4.1K
    SHARES
  • images
    रविले गोर्खा मिडियाबाट निकिताको नाममा काटेका थिए ४ वटा चेक, ससुराको कम्पनीमा ८१ लाख २५ हजार भुक्तानी
    images
    images
    images

    काठमाडौं – साहारा चितवन बहुउद्देशीय सहकारी संस्था लिमिटेड ठगी प्रकरणमा रास्वपाका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित १५ जना व्यक्ति र ६ वटा संस्थालाई प्रतिवादी बनाउँदै चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    images


    मंगलबार सरकारी वकिल कार्यालयको रायअनुसार लामिछानेसहित छविलाल जोशी , रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठविरु४ मुद्दा दायर भएको हो ।

    साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि, नेचर नेष्ट प्रालि रहेका छन् । उनीहरुविरुद्ध झण्डै ५६ करोड बिगो माग दाबी गरिएको छ ।

    चितवन अदालतमा दायर भएको आरोप पत्र अनुसार रास्वपा सभापति लामिछानेले आफ्नो श्रीमती निकिता पौडेल लामिछानेको नाममा ४ वटा चेक काटेको खुलेको छ । रविले श्रीमतीको नाममा झण्डै ६० लाखको चेक काटेको अभियोगपत्रमा उल्लेख छ । त्यस्तै रविका ससुरासमेत रहेका राप्रपा नेता उद्धव पौडेलको कम्पनी गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत ८१ लाख २५ हजार भुक्तानी दिएको सरकारी वकिलले दायर गरेको अभियोगमा उल्लेख छ । उक्त प्रमाण सूर्य थापा नेतृत्वको सहकारी छानबिन समितिको प्रतिवेदनमा पनि उल्लेख थियो ।

    images

    ‘लामेछाने प्रबन्ध निर्देशक तथा शेयरधनि रहेको गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खाताबाट निज रवि लामिछाने समेतको हस्ताक्षरले काटिएको ४ वटा चेक मार्फत निजको श्रीमती निकिता पौडेलको नाममा उनन्साठ्ठी लाख अड्तिस हजार दुई सय एकाउन्न र गोपिकृष्ण मुभिजको नाममा २ वटा चेकमार्फत एकासी लाख पच्चीस हजार रुपैयाँ रकम भुक्तानी दिएको देखिन्छ’, अभियोगपत्रमा भनिएको छ ।

    images

    लामिछाने २०७७ पुस ३० गते प्रबन्ध निर्देशकको रुपमा र मिति २०७७ साल चैत्र महिनामा गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको शेयर होल्डरको रूपमा प्रवेश गरी मिति २०७९(०३(०२ गते उक्त प्रालिबाट अलग भएको देखिएता पनि रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिको आधिकारिक व्यक्ति हुनु भन्दा अघि र सो प्रालिबाट अलग भए पश्चात पनि केही चेकहरुमा हस्ताक्षर गरेको देखिएको अभियोगपत्रमा उल्लेख छ ।

    साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समेतबाट गोर्खा मिडिया नेटवर्क प्रालिको बैंक खातामा जम्मा हुन आएको उल्लेखित रकम मध्येबाट रवि लामिछानेको एकल दस्तखतले ८१४ वटा चेक मार्फत अड्र्चालिस करोड अन्ठाउन्न लाख बाईस हजार दुई सय छयालिस रुपैया र गितेन्द्रबाबु राई, रवि लामिछानेको संयुक्त दस्तखतले ६ वटा चेक मार्फत साठी लाख उन्नाईस हजार रुपैया भुक्तानी भएको उल्लेखित बैंक खाताको स्टेटमेन्ट विश्लेषणबाट देखिएको छ ।

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - १९:०९:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij