• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


चितवनमा रविविरुद्ध ठगी मुद्दा मात्रै, छविसहित १२ जनालाई भने संगठित अपराध पनि

चितवनमा रविविरुद्ध ठगी मुद्दा मात्रै, छविसहित १२ जनालाई भने संगठित अपराध पनि

images

प्रभाव न्यूज

२२ माघ २०८१
  • 3.2K
    SHARES
  • images
    चितवनमा रविविरुद्ध ठगी मुद्दा मात्रै, छविसहित १२ जनालाई भने संगठित अपराध पनि
    images
    images
    images

    चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। 
    कास्की,  काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो।

    images

    जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताए।

    उनले भने, ‘सहकारीको रकम गएका मध्ये एकभन्दा बढी कम्पनीमा सञ्चालक रहेकाहरुलाई पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ, लामिछाने भने एउटा कम्पनीमा मात्र सञ्चालक देखिन्छन्।’

    सरकारी वकिलले लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकीविरुद्ध ठगीमा मात्र मुद्दा दायर गरेको छ
    मुलुकी अपराध संहिताको दफा २४९ मा रहेको ठगीको दफा १ र २ मा कसैलाई बेइमानीपूर्वक कुनै किमिसको हानी, नोक्सानी पुर्‍याए ठगी गरेको मानिने भनिएको छ।

    images

    सरकारी वकिलले उल्लेख गरेको दफा २४९ को उपदफा ३ मा यस किसिमको ठगीमा संलग्नलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहितामा व्यवस्था छ।

    images

    संगठित अपराध र ठगी दुवैमा मुद्दा दायर भएकाहरुमा जिबी राई, सागर केसी, हेमन्त अधिकारी, आशिष राना मगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा र नेत्रप्रसाद बाँस्तोला समेत गरी १२ जना छन्।

    images
    images

    प्रकाशित :माघ २२, २०८१ मंगलवार - १६:४४:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij