• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


३ अर्ब ४ करोड बढिको अनलाइन सट्टाबाजी गर्ने समूह पक्राउ

३ अर्ब ४ करोड बढिको अनलाइन सट्टाबाजी गर्ने समूह पक्राउ

images

प्रभाव न्यूज

२१ माघ २०८१
  • 4.0K
    SHARES
  • images
    ३ अर्ब ४ करोड बढिको अनलाइन सट्टाबाजी गर्ने समूह पक्राउ
    images
    images
    images

    काठमाडौँ – प्रहरीले ३ अर्ब ४ करोड रकम बराबरको अनलाइन (जुवा) सट्टाबाजी गर्ने र गराउने समूहलाई पक्राउ गरेको छ ।

    images

    प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु बाट खटिएको टोलीले बेटिङ एप्स मार्फत विश्वभर सञ्चालन भइरहेका अनलाईन गेमहरु विभिन्न बेटिङ वेभसाईटको प्रयोग गरी भारतिय बेटिङ खेल्ने एजेण्ट संग सम्पर्क गरी खेल्ने र खेलाउने गरेको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

    ललितपुरको सानेपा स्थित एक भाडाको घरमा बसिरहेको अवस्थामा १० भारतिय र १४ जना नेपाली सहित २४ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट ५७ थान मोवाईल, विभिन्न कम्पनीका १३ ल्यापटप, विभिन्न बैंकको एटिएम ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६ थान बरामद गरेको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिएका छन् ।

    पक्राउ पर्नेहरु १९ बर्ष देखि ४४ बर्ष उमेर समूहका छन् । पक्राउ पर्नेमा भारतिय नागरिक २२ बर्षीया अजित कुमार, २४ बर्षीया मुकेश मण्डल, ४४ बर्षीया मनोज कुमार बजाज, २८ बर्षीया सुमित खत्री, ३४ बर्षीया प्रबात कुमार साह, ३२ बर्षीया ओम प्रकाश खत्री, २८ बर्षीया रवि प्रकाश विश्वकर्मा, २३ बर्षीया रवि अभिषेक ओझा, २२ बर्षीया शिवम पाण्डेय, र २५ बर्षीया मनोज कुमार रहेका छन् ।

    images

    यस्तै नेपाली नागरिक ३६ बर्षीया टंक बहादुर पछाई, २५ बर्षीया तेज बोगटी, २३ बर्षीया लक्ष्मण विष्ट, २५ बर्षीया अविनास जिसी, ३४ बर्षीया हरिबहादुर जिसी, २२ बर्षीया समिर खड्का, २४ बर्षीया बिक्रम पछाई, २८ बर्षीया अशोक जिसी, २४ बर्षीया भिष्म वली, ३२ बर्षीया हेमन्त लोहनी गौतम, ३४ बर्षीया गोपाल बिष्ट, २० बर्षीया सुजन जिसी, २० बर्षीया हेमन्त थामी र १९ बर्षीया रवि बिष्ट रहेको छन् ।

    images

    images
    images

    प्रकाशित :माघ २१, २०८१ सोमवार - १२:१२:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij