• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


बस र हायस ठोक्किँदा एकजनाको मृत्यु, नौ घाइते

बस र हायस ठोक्किँदा एकजनाको मृत्यु, नौ घाइते

images

प्रभाव न्यूज

१९ माघ २०८१
  • 6.0K
    SHARES
  • images
    बस र हायस ठोक्किँदा एकजनाको मृत्यु, नौ घाइते
    images
    images
    images
     

    नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को दुम्कीवास जंगल क्षेत्रमा बस र ईभी हायस एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । नौजना घाइते छन् ।

    images

    विनयी त्रिवेणी गाउँपालिका–१, दुम्कीवासस्थित डिभिजन वन कार्यालयनजिकै यात्रुवाहक बस र ईभी हायस एकापसमा ठोक्किँदा भारतको पश्चिम बंगाल राज्यको मिधिनिपुरका ४० वर्षीय शंकरको मृत्यु भएको हो । हायसमा सवार नौजना घाइते रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

    काठमाडौंबाट दाङ जाँदै गरेको रा१ख ३३६१ नम्बरको बस र बुटवलबाट काठमाडौं जाँदै गरेको प्र ०१–००६ ख ७८०८ नम्बरको ईभी हायस एकापसमा ठोक्किएका हुन् । हायसमा सवार सबै यात्रु भारतको मिधिनिपुरका रहेका र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

    images
    images

    प्रकाशित :माघ १९, २०८१ शनिवार - १७:००:३९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij