• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


हजुरबुवाले ढालेको रुखले च्यापिएर बालकको मृत्यु

हजुरबुवाले ढालेको रुखले च्यापिएर बालकको मृत्यु

images

प्रभाव न्यूज

१९ माघ २०८१
  • 7.2K
    SHARES
  • images
    हजुरबुवाले ढालेको रुखले च्यापिएर बालकको मृत्यु
    images
    images
    images

    मकवानपुर - हजुरबुवाले बारीमा रहेको रुख ढाल्ने क्रममा च्यापिएर शुक्रबार साँझ १ जना नाबालकको मृत्यु भएको छ।

    images

    मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ खानीखेतका १२ वर्षीय आदर्श पुडासैनीको मृत्यु भएको प्रहरीले जनाएको छ । हजुरबुवा भागीरथ पुडासैनीले शुक्रबार दिउँसो रुख काटेका थिए ।

    त्यस क्रममा ढलेको रुखले च्यापिएर उनका नाति आदर्श गम्भीर घाइते भए ।

    थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको थियो ।

    images

    उपचारकै क्रममा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको शव त्रिवि शिक्षण अस्पतालकै शवगृहमा राखिएको छ ।

    images

    प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

    images
    images

    प्रकाशित :माघ १९, २०८१ शनिवार - १२:३२:१५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij