• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अमेरिकामा फेरि अर्को विमान दुर्घटना

अमेरिकामा फेरि अर्को विमान दुर्घटना

images

प्रभाव न्यूज

१९ माघ २०८१
  • 6.7K
    SHARES
  • images
    अमेरिकामा फेरि अर्को विमान दुर्घटना
    images
    images
    images

    काठमाडौं– अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियामा एउटा सानो विमान दुर्घटना भएको छ। उडिरहेको विमान धेरै भवनमा ठोक्किएको बीबीसीले जनाएको छ ।

    images

    जसका कारण घर र सवारी साधनमा आगलागी भएको थियो । जमिनमा रहेका मानिसहरू पनि घाइते भएको समाचारमा उल्लेख छ।

    दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन। विमानमा को–को सवार थिए वा कोही बाँचेको छ कि छैन भन्ने कुरा अझै थाहा भएको छैन।

    सीबीएस न्यूजका अनुसार यो विमान दुर्घटना रुजवेल्ट मलबाट केही टाढा भएको थियो। यो पेन्सिलभेनिया शहरको घना बस्ती भएको क्षेत्रमा अवस्थित छ। 

    images

    संघीय उड्डयन प्रशासनका अनुसार लियरजेट ५५ नामक विमानले उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट स्थानीय समय अनुसार साँझ ६ः३० बजे उडान भरेको थियो । चार माइलभन्दा कम दूरीमा दुर्घटनाग्रस्त भएको हो। 

    images

    यसअघि गत बिहीबार वासिङटन डीसीमा अमेरिकन एयरलायन्सको विमान हेलिकप्टरसँग ठोक्किएर दुर्घटना भएको थियो।

    images
    images

    प्रकाशित :माघ १९, २०८१ शनिवार - १०:१७:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij