• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


झापामा आफ्नै छोरीमाथि निर्घात कुटपिट, शरीरभर निलडाम, कुटपिट गर्ने बाबु पक्राउ

झापामा आफ्नै छोरीमाथि निर्घात कुटपिट, शरीरभर निलडाम, कुटपिट गर्ने बाबु पक्राउ

images

प्रभाव न्यूज

१८ माघ २०८१
  • 5.5K
    SHARES
  • images
    झापामा आफ्नै छोरीमाथि निर्घात कुटपिट, शरीरभर निलडाम, कुटपिट गर्ने बाबु पक्राउ
    images
    images
    images

    झापा - आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड–९ का एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

    images

    १५ वर्षीया छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड ९ का अन्दाजी ४५ वर्षका प्रकाश बिष्ट भनिनेलाई प्रहरीले पक्राउ गरेको हो।

    साथीसंग घुम्न हिडेकी भन्दै छोरीलाई कोठा थुनेर पिलासले टाउको फुटाइदिएका छन् भने भाटाले तिघ्रा, ढाड र हातमा निलडाम हुने गरी निर्घात कुटपिट गरेका छन्।

    आफू घरबाहिर भएका बेला श्रीमानले छोरीलाई निर्घात कुटपिट गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको पक्राउ परेका पुरुषका श्रीमतीले बताइन् ।

    images

    यसअघि पनि विष्टले पटकपटक छोरीलाई कुटपिट गर्ने गरेको एक छिमेकीले बताए ।उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

    images

    images
    images

    प्रकाशित :माघ १८, २०८१ शुक्रवार - ११:४७:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij