• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य

नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य

images

प्रभाव न्यूज

१७ माघ २०८१
  • 3.1K
    SHARES
  • images
    नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य
    images
    images
    images

    खोटाङ –नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भातृ सङ्गठन नेपाल निजामती कर्मचारी सङ्गठन खोटाङको अध्यक्षमा रामप्रसाद आचार्य चयन हुनुभएको छ। दिक्तेलस्थित जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुधबार साँझ सम्पन्न सङ्गठनको १२ औँ जिल्ला अधिवेशनले आचार्यलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
    अधिवेशनले जिल्ला कार्यसमितिको उपाध्यक्षमा बिनोद राई, महिला उपाध्यक्ष दिक्षिका शाक्य, सचिव गणेशप्रसाद आचार्य, उपसचिवमा सुवास राई र कोषाध्यक्षमा अगमसिं विश्वकर्मालाई चयन गरेको छ । 
    उन्नाइस सदस्यीय जिल्ला कार्यसमितिको सदस्यहरुमा सुशिला आचार्य, उषाकला राई, सिर्जना लुईटेल, वविता आचार्य (ढकाल), शंकर घर्तीमगर, हरिहर ढकाल, राजनप्रसाद दुलाल, राजु बस्नेत, मनोज बस्नेत, सुनिल दाहाल, अर्जुन ढकाल, दिनेश बस्नेत र रोशन श्रेष्ठ रहनुभएको छ ।

    images

    अधिवेशनले रेखा राई ‘क्षितिज’, पवन पोखरेल, सुशिला घिमिरे र सीताराम खतिवडालाई केन्द्रीय प्रतिनिधि तथा राजकुमार राई, जीवन आचार्य, मुरारी सिग्देल र राजन बस्नेतलाई प्रदेश प्रतिनिधि चयन गरेको छ । सङ्गठनका जिल्ला अध्यक्ष रेखा राई ‘क्षितिज’को अध्यक्षता तथा केन्द्रीय सचिवालय सदस्य ध्रुवकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले पाँच सदस्यीय लेखा परीक्षण आयोगसमेत गठन गरेको छ ।
    लेखा परीक्षण आयोगको संयोजकमा गणेश खड्का तथा सदस्यहरुमा गोपाल खड्का, भूपराज कटवाल, शान्ता विश्वकर्मा र मीत्रप्रसाद आचार्य चयन हुनुभएको छ । नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई प्रमुख अतिथि कार्कीले पद तथा गोपणीयताको शफथ ग्रहण गराउनुभएको छ ।

    अधिवेशन उद्घाटन कार्यक्रमलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै नेकपा एमालेका पोलिटब्यूरो सदस्य विशाल भट्टराईले देश निर्माणमा कर्मचारी सङ्गठनको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । कार्यक्रममा जिल्ला उपाध्यक्ष कुमार आचार्य, सचिव सुरशकुमार राई, प्रचार विभाग प्रमुख खेमराज देउसाली, विभिन्न जनवर्गीय सङ्गठनका नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

     

    images

    images
    images

    प्रकाशित :माघ १७, २०८१ बिहिवार - १६:३६:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij