खोटाङ - खोटाङबाट काठमाडौं जाँदै गरेको सुमो दुर्घटना भएको छ ।
सिद्धिचरण राजमार्ग अन्तरगत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-७ भडारेखोलामा सुमो दुर्घटना भएको हो।
गए राती बिरामी लिएर हिंडेको ना-१ ज ६४२१ नम्बरको सुमो सडकबाट करिव एकसय मिटर तल खसेको छ ।
सुमोमा सवार खोटाङ केपिलासगढी गाउँपालिका-३ बस्ने बर्ष ५६ वर्षीय माँयादेवी गुरुङ उनको छोरा वर्ष २८ को पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ बस्ने वर्ष ४५ की तारा गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
सुनसरी इनरुवा नगरपालिक -२ बस्ने वर्ष २८ को सुमो चालक अनिल पण्डित फरार रहेको र उनको खोजीकार्य भइहेको उनको भनाई छ ।
घटनास्थलमा प्रहरी चौकी हर्कपुर ओखलढुंगाको टोलि पुगिसकेको र थप छानबिन भइरहेको बताइएको छ