• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति

आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति

images

प्रभाव न्यूज

१५ माघ २०८१
  • 5.0K
    SHARES
  • images
    आशिका तामाङलाई माघ १८ सम्म हिरासतमा राख्न अदालतको अनुमति
    images
    images
    images

    आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई माघ १८ गते शुक्रबारसम्म हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

    images

    आपराधिक उपद्रव गरेको आरोपमा माघ १४ देखि प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङविरुद्ध आज (मंगलबार) जिल्ला अदालत भक्तपुरले माघ १८ गतेसम्मका लागि म्याद थप गरेको हो।

    उनले केही समयअघि भक्तपुरतर्फ साँगाको झोलुंगे पुलमा अवरोध पुर्‍याएको, स्थानीय पालिकाले राखेको सूचना च्यातेको भनी सूर्यविनायक नगरपालिकाले प्रहरीमा जाहेरी दिएको थियो।

    यसअघि पशुपति क्षेत्रमा प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा माघ २ गतेदेखि प्रहरी वृत्त गौशालाको हिरासतमा रहेकी तामाङ माघ १४ गते १० हजार धरौटी बुझाएर रिहा भएकी थिइन्।

    images

    तर भक्तपुरमा पनि उनीविरुद्ध जाहेरी परेकाले त्यही दिन उनलाई भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो। त्यस दिनदेखि महानगरीय प्रहरी वृत्त जगातीको हिरासतमा रहेकी तामाङलाई अदालतले थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको हो।

    images

    यसैबीच आशिका तामाङको टिमले उनको हिरासत अवधि लम्ब्याउन चलखेल भइरहेको जानकारी प्राप्त भएको दाबी गरेको छ।

    आशिकाको टिमले आशिका तामाङको फेसबुकमा मंगलबार लेखेको छ, ‘उहाँलाई भक्तपुरबाट रिहा भएपछि फेरि धादिङमा मुद्दा लगाउने र हिरासत राख्ने भन्ने बुझ्न आएको छ। सरकार सञ्चालन गरिरहेको पार्टीको भ्रातृ संगठनले नै नियतवश मुद्दा दर्ता गराउने प्रयास गरेको बुझ्न आएको छ।

    भुइँमान्छेको आवाजलाई बुलन्द गर्न खोज्दा दिदी आफैँलाई यो राज्यले अन्याय गर्दै छ र गम्भीर मानव अधिकारको उल्लंघन गरेको छ।’

    images
    images

    प्रकाशित :माघ १५, २०८१ मंगलवार - २२:१५:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij