• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप,जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा

प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप,जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा

images

प्रभाव न्यूज

१४ माघ २०८१
  • 10.1K
    SHARES
  • images
    प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप,जापानको फुजी टिभी प्रमुखद्वारा राजीनामा
    images
    images
    images

    जापानको फुजी टेलिभिजनका प्रमुखले एक सेलिब्रेटी प्रस्तोतामाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सोमबार राजीनामा दिनुभएको छ ।

    images

    फुजी टिभीले आफ्ना प्रमुख कोइची मिनातो र अध्यक्ष शुजी कानोहले राजीनामा दिने घोषणा गरेको पुष्टि गरेको छ ।

    एक पत्रिकाले गत महिना जे–पप मेगास्टारबाट टिभी प्रस्तोता बनेका मासाहिरो नकाईले सन् २०२३ मा एक महिलाको सहमतिबिना यौन क्रियाकलाप गरेको समाचार सार्वजनिक गर्नुभएको थियो ।

    ती महिलालाई ५२ वर्षीय नकाईले एकमुष्ट नौ करोड येन (पाँच लाख ७० हजार अमेरिकी डलर) भुक्तानी गरेपछि नकाई र ती महिलाले उक्त यौन दुव्र्यवहारलाई सार्वजनिक नगर्ने सम्झौतामा हस्ताक्षर गरेको थिए।

    images

    घटनाबारे समाचारहरू प्रशारण भएपछि कर्मचारीहरूले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै म्याकडोनल्ड्स र टोयोटालगायत दर्जनौं ब्रान्डले निजी प्रसारणकर्ता फुजी टिभीबाट आफ्नो विज्ञापन फिर्ता लिएका थिए ।

    images

    “मानव अधिकारको चेतनाको कमीका कारण पर्याप्त हेरचाह गर्न नसकेकोमा म सम्बन्धित महिलासँग माफी माग्न चाहन्छु,” कानोहले पत्रकारहरूसँग भने। “समाचारको शृङ्खलाले निम्त्याएको व्यापक चिन्ता र असुविधाको लागि म दर्शक, विज्ञापनदाता, कम्पनीका सदस्य, शेयरधनीसँग माफी माग्छु,” उहाँले थप्नुभयो ।

    यसै महिनाको सुरुमा मिनातोले स्थानीय सञ्चारमाध्यममा समाचार आउनुअघि नै यस काण्डबारे फुजी टिभीलाई जानकारी भएको स्वीकार्नुभएको थियो ।

    कम्पनीले ती महिलासँग नाकाईको भेटको प्रबन्ध मिलाउन आफ्ना कर्मचारीको संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ ।

    सन् १९९० देखि २००० सम्मको दशकमा एसियाभरि नै चर्चा कमाएको ब्वाइज ब्यान्ड एसएमएपीका पूर्व सदस्य नकाईले फुजी टिभी र अन्य च्यानलका कार्यक्रमबाट हटाइएपछि शुक्रबार सन्यासको घोषणा गर्नुभएको थियो ।

    “‘सबै कुराका लागि म मात्र जिम्मेवार छु’ र ‘म माफी माग्छु’,” नकाईले शुक्रबार भन्नुभएको थियो । यसअघि उहाँले एक विज्ञप्ति जारी गर्दै केही घटना ‘तथ्यभन्दा फरक’ भएको बताउनुभएको थियो ।

    images
    images

    प्रकाशित :माघ १४, २०८१ सोमवार - १७:३१:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij