• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


नेपाली आकाशमा आज एकसाथ ६ ग्रह देखिने

नेपाली आकाशमा आज एकसाथ ६ ग्रह देखिने

images

प्रभाव न्यूज

१४ माघ २०८१
  • 4.1K
    SHARES
  • images
    नेपाली आकाशमा आज एकसाथ ६ ग्रह देखिने
    images
    images
    images

    आज सोमबार नेपाली आकाशमा ६ वटा ग्रहहरू ना‌गाे आँखाले नै देख्न सकिने भएको छ।

    images

    प्रकाशमा कुनै प्रकारको प्रदूषण नभए सोमबार साँझ ना‌गाे आँखाले नै ती ग्रहहरूलाई काठमाडौंबाट नियाल्न सकिनेछ ।

    कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान स‌‌‌ग्रहालय विकास समितिका अनुसार चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) शुक्र, म‌गल, बृहस्पति तथा शनि ग्रह तथा दुईवटा मधुरा ग्रह अरुण र बरुण एकसाथ अवलोकन गर्न सकिनेछ ।

    समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार सुरक्षाकर्मीहरू कवाज खेल्न पंक्तिबद्ध भएजस्तै माघ महिनाभरि हाम्रो सौर्यमण्डलका महत्त्वपूर्ण ग्रहहरू पंक्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट रूपमा देख्न सकिन्छ । उत्तरी गोलार्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिनेछ ।

    images

    माघ दोस्रोदेखि चौथो साताको समयमा हाम्रो आकाशमा शनि, शुक्र बृहष्पति र म‌ंगल ग्रहहरूलाई लामबद्ध भएर एउटै प‌ंक्तिमा आकाशमा नृत्य गरिरहेको प्रतित हुन्छ । कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सोमबार साँझ ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपको सहायताले विभिन्न ६ ग्रहलाई निःशुल्क देखाउने भएको छ।

    images

    शर्माका अनुसार ती ग्रह मध्यरातमा उदाउनुको साथै सूर्य अस्ताउनेबित्तिकै पनि सफा आकाशमा सहज रूपमा दक्षिण पश्चिम दिशादेखि उत्तरपूर्व दिशामा देख्न सकिन्छ ।

    मौसम अनुकूल रहेमा हल्का फिक्का रूपमा रहेको अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिनेछ । यी ग्रहहरू पंक्तिबद्ध रहे तापनि एकैसाथ तस्बिर लिन कठिन छ ।

    images
    images

    प्रकाशित :माघ १४, २०८१ सोमवार - ०१:३७:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij