• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


हमासद्वारा थप चार महिला बन्धक रिहा

हमासद्वारा थप चार महिला बन्धक रिहा

images

प्रभाव न्यूज

१२ माघ २०८१
  • 3.5K
    SHARES
  • images
    हमासद्वारा थप चार महिला बन्धक रिहा
    images
    images
    images

    काठमाडौं - युद्धविराम सम्झौताअनुसार हमासले थप चार महिला बन्धक रिहा गरेको छ । चारैजना इजरायली सेना सैनिक हुन् ।

    images

    हमासका अनुसार रिहाहरूमा करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग छन् ।

    युद्धविराम सम्झौता कार्यान्वयन भएयता हमासले बन्धकहरूलाई मुक्त गरेको यो दोस्रो समूह हो ।

    यसअघि उसले युद्धविराम सम्झौता कार्यान्वयन भएको पहिलो दिन आइतबार तीन इजरायली महिलालाई मुक्त गरेको थियो । हमासका बन्दुकधारीहरू र स्थानीय प्यालेस्टाइन नागरिक रिहाइअघि गाजा शहरको प्यालेस्टाइन स्क्वायरमा भेला भएका थिए ।

    images

    त्यसपछि हमासले चारैजनालाई गाडीबाट ओरालेर मञ्चमा पुर्‍याएको थियो । त्यसपछि उनीहरूलाई रेडक्रसको हस्तान्तरण गरिएको थियो । यी चार सैनिकको रिहाइपछि इजरायलले आफूसँग कैदमा रहेका दुई सय प्यालेस्टाइनलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    images

    युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत ६ साताभित्र हमासले ३३ बन्दी रिहा गरिने जनाएको छ । अबका केही साताभित्र थप २६ बन्धक रिहा हुने अपेक्षा गरिएको छ ।

    इजरायलसँगको युद्धविराम सम्झौताअन्तर्गत हमासले पहिलो चरणमा मुक्त हुने ३३ बन्धकको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम समेटिएको छैन ।

    अध्ययनको शिलशिलामा इजरायलमा रहेका विपिनलाई ७ अक्टोबर २०२३ मा हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात छ ।

    सञ्चारमाध्यहरूका अनुसार यी चार सैनिक महिला बन्धकको रिहाइमा तेल अवीवमा खुसीको वातावरण छ । यस्तै, परिवारका सदस्यहरू तथा अन्य सयौँ इजरायली उनीहरूलाई स्वागत गर्न गाजा सीमामा पर्खिरहेका छन् ।

    सीमामा पुगेपछि इजरायली वायुसेनाले बन्धक आफ्नो जिम्मामा लिनेछ । सीमानामा बन्धकहरूका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

    इजरायल र हमासबीच ७ अक्टुबर २०२३ मा युद्ध सुरु भएको थियो । हमास लडाकुहरु प्यालेस्टिनी भूमिको गाजा क्षेत्रबाट इजरायलमा प्रवेश गरी आक्रमण गरेर १० नेपाली विद्यार्थीसहित १ हजार २ सय जनाको ज्यान लिएका थिए ।

    नेपालका विपिन जोशीसहित २५० जनालाई बन्धक पनि बनाएर लगेका थिए । त्यसपछि इजरायलले जवाफी कारबाही सुरु गरेको थियो । इजरायलले हवाई र स्थल दुवैतर्फबाट कारबाही गर्दा ४६ हजार जनाको मृत्यु भएको छ ।

    images
    images

    प्रकाशित :माघ १२, २०८१ शनिवार - १६:१६:००

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij