• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाको बलात्कार प्रयास, रोइकराइ गरेपछि हत्या

१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाको बलात्कार प्रयास, रोइकराइ गरेपछि हत्या

images

प्रभाव न्यूज

११ माघ २०८१
  • 16.0K
    SHARES
  • images
    १२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाको बलात्कार प्रयास, रोइकराइ गरेपछि हत्या
    images
    images
    images

    सुर्खेत - जाजरकोटमा एक १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् । जाजरकोटको बारेकोट गाउँपालिका–७ स्यालामा उक्त घटना भएको हो ।

    images

    बुधबार राति करिब १० बजेतिर ती बालकले बालिकाकाथि बलात्कारको प्रयास गरेका थिए। बालिकाले रोइकराइ प्रतिकार गर्दा बाककले धारिलो हतियारले घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको जाजरकोट प्रहरीले जनाएको छ ।

    घटनामा संलग्न १२ वर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीबार बिहान ५ बजे बालकलाई बारेकोट–६, ताँसीस्थित आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

    बालकलाई बाल निगरानी कक्षमा राखिएको जिल्ला प्रहरी जाजरकोटका सूचना अधिकारी दिनेश तिमल्सिनाले बताए। घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार (चक्कु) बरामद गरिएको प्रहरीले जनाएको छ ।

    images

    घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र अब अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।

    images

    473526832_1013128544174661_1839686127283858458_n.jpg

    images
    images

    प्रकाशित :माघ ११, २०८१ शुक्रवार - ११:१३:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij