• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


यस्तो क्याफे जहाँ पैसा तिरेर काखमा सुत्न पाइन्छ

यस्तो क्याफे जहाँ पैसा तिरेर काखमा सुत्न पाइन्छ

images

प्रभाव न्यूज

११ माघ २०८१
  • 5.4K
    SHARES
  • images
    यस्तो क्याफे जहाँ पैसा तिरेर काखमा सुत्न पाइन्छ
    images
    images
    images

    यस्तो क्याफे जहाँ पैसा तिरेर काखमा सुत्न पाइन्छ ! एक्लो महसुस भएको बेलामा कसैले तपाईंलाई अँगालो हाल्छ भने तपाईंले केही हदसम्म शान्त महसुस गर्नुहुन्छ ।

    images

    मेसिन र प्रविधि जति नै विकसित भए पनि तिनीहरू मानवीय भावनाको विकल्प कहिल्यै बन्न सक्दैनन् । यही कारणले गर्दा विश्वका सबैभन्दा विकसित देशमा मानिसहरू सबैभन्दा एक्लो भएका छन् ।

    प्रविधिले ल्याएको एक्लोपनको एउटा उदाहरण जापान जस्तो विकसित देश पनि हो ।

    यहाँको अवस्था यस्तो छ कि मानिसहरूले पैसा तिरेर माया खोजिरहेका हुन्छन् । जापानमा एउटा यस्तो क्याफे छ, जसले मानिसहरूलाई खाना–पिनाभन्दा बढी शान्ति र माया दिन्छ ।

    images

    यहाँ आउने ग्राहकले आफ्नो रुचिअनुसार ‘माया’को प्याकेज लिन सक्छन् । यसका लागि उनीहरूलाई दर सूची पनि बताइन्छ ।

    images

    साउथ चाइना मर्निङ पोस्टको रिपोर्टअनुसार यो जापानको राजधानी टोकियोमा रहेको एक विशेष क्याफेले मानिसहरूलाई कडलिङ अर्थात् मायालु व्यवहार गर्ने सुविधा दिन्छ ।

    यस क्याफेको नाम सोइनिया क्याफे हो, जसले मानिसहरूको एक्लोपनको भुक्तानी उपचार दिन्छ । यहाँ भएका वेट्रेसले ग्राहकलाई अँगालो हालेर र मायालु तरिकाले सुताएर मानसिक शान्ति दिन्छन् ।

    कति लाग्छ पैसा ?

    जापान टुडेको रिपोर्टअनुसार २० मिनेट काखमा सुतेर निदाएको ग्राहकले ३ हजार जापानी येन अर्थात् करिब २ हजार ६०० नेपाली रुपैयाँ तिर्नुपर्छ ।

    यदि उनीहरूले १० घण्टाको सेसन लिन चाहेका त्यो पूरै रात चल्छ । त्यसका लागि ५० हजार येन अर्थात् करिब ४४ हजार रुपैयाँ खर्च गर्नुपर्छ ।

    यदि कोही केवल ३ मिनटका लागि वेट्रेसको काखमा टाउको राखेर आराम लिन चाहन्छ भने यो काम मात्र १ हजार येन अर्थात् ८०० रुपैयाँमा हुन्छ ।

    यो सुविधा केवल शान्तिको लागि मात्र हो, त्यसैले कसैले पनि वेट्रेसको कपाल छुन सक्दैन वा आफ्नो सीमा नाघ्न सक्दैन ।

    केवल कुराकानी गरेर र साथमा बसेर राम्रो महसुस गर्न मात्र सकिन्छ ।

    images
    images

    प्रकाशित :माघ ११, २०८१ शुक्रवार - १०:११:२७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij