काठमाडौं - केही दिनदेखि सामाजिक सञ्जालमा अधवैंशे पुरुष र महिलाको ‘आपत्तिजनक’ सीसीटीभी भिडिओ भाइरल भइरहेको छ ।
भिडिओमा देखिएका व्यक्तिहरू शिक्षक जस्तो देखिएका छन् भने उनीहरू कार्यालयभित्र चुम्बन गरिरहेको देखिएका छन् ।
उक्त भिडिओको ब्याकग्राउन्डमा नेपाली फिल्म ‘अर्जुन’ को चर्चित गीत ‘मास्टर साहेब सिकाइदेऊ पिरती’ बोलको गीत बज्छ ।
भिडिओ पोस्ट गर्दा स्ट्याटसमा पनि मास्टर साहेब सिकाइदेउ पिरती लेखिएका छन् ।
भिडिओ हेरेर नेपालका सरकारी कार्यालयमा यस्ता घटना बढेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेका छन् ।
कतिपयले “गीतलाई सुहाउँदो भिडिओ आएछ”, “शिक्षकले अब पितरी सिकाएर विद्यार्थीलाई एसईई पास गराउने भए” भन्दै व्यङ्ग्य गरिरहेका छन् ।
यसमा २८ डिसेम्बर २०२४ र ३ डिसेम्बर २०२४ का दुई ओटा भिडिओ जोडिएको देखिन्छ ।
यो भिडिओ नेपालको भएको अनुमान सामाजिक सञ्जालमा गरिएपनि भारतको रहेको खुलेको छ ।
यस सीसीटीभी भिडिओ राजस्थानको चित्तोडगढस्थित गंगरार क्षेत्रको एक सरकारी विद्यालयको हो ।
भाइरल भिडिओमा देखिएका पुरुष विद्यालयका प्रधानाध्यापक हुन् भने महिला शिक्षिका हुन् ।
उनीहरूको आपत्तिजक भिडिओ प्रधानाध्यापक कक्षको हो। प्रधानाध्यापक कक्षको सिलिङमा लुकाएर जडान गरेको सीसीटीभीले उक्त भिडिओ खिचेको पाइएको भारतीय सञ्चारमाध्यम आजतकले लेखेको छ ।
मंगलबार सार्वजनिक भएको आजतकको समाचारअनुसार उक्त भिडिओ केही हप्ता पुरानो हो ।
शिक्षकको उक्त आपत्तिजनक भिडिओ ईमेलमार्फत चित्तोडगढका जिल्ला शिक्षा अधिकारीलाई पनि पठाइएको थियो ।
शिक्षा अधिकारीले भिडिओ हेरेपछि गत सोमबार दुवै शिक्षकलाई निलम्बन गरिसकेका छन् ।
उनीहरूमाथी थप अनुसन्धान अघि बढाइएको छ। भिडिओ कैद गरिएको विद्यालयमा कुल नौ शिक्षक छन् ।
तीमध्ये सात जना महिला शिक्षक रहेका छन्। प्रधानाध्यापकले अन्य महिला शिक्षकलाई पनि गलत नियत राख्ने गरेको आरोप लगाइएको छ ।