• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एक सिपाही एक घर कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीलाई ३० लाखसम्म ऋण

एक सिपाही एक घर कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीलाई ३० लाखसम्म ऋण

images

प्रभाव न्यूज

९ माघ २०८१
  • 5.7K
    SHARES
  • images
    एक सिपाही एक घर कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीलाई ३० लाखसम्म ऋण
    images
    images
    images

    काठमाडौँ - सशस्त्र प्रहरी बलले ‘एक सिपाही एक घर’ कार्यक्रमलाई निरन्तरता दिएको छ ।

    images

    सो कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूले ग्लोबल आइएमई बैंकबाट ३० लाखसम्म ऋण पाउने भएका हुन् ।

    २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपाने र ग्लोबल आइएमई बैंकका नायव कार्यकारी निर्देशक सुमन पोखरेलले सझौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    संगठनको जमानीमा ५ देखी ३० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्नेगरी ग्लोबल आइएमई बैंकसँग सम्झौता भएको डीआईजी कुमार न्यौपानेले बताए ।

    images

    उनले भने, ‘छोटो अवधिमा जागिर छाड्ने प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले यो कार्यक्रम ल्याएका हौँ ।’ 

    images

    सम्झौता अनुसार सशस्त्रका कर्मचारीले ३० वर्ष अवधिको लागि घर बनाउन ऋण पाउँछन् ।

    गतवर्ष सशस्त्रले वाणिज्य बैंकसँग १५ लाखसम्म ऋण लिनेगरी सम्झौता गरेको थियो । वाणिज्य बैंकसँगको सम्झौता पनि निरन्तर रहेको डीआईजी न्यौपानेले जानकारी दिए ।

     

    images
    images

    प्रकाशित :माघ ९, २०८१ बुधवार - १७:०७:१०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij