• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


’मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ मा राउतले नेपालको प्रतिनिधित्व गर्ने

’मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ मा राउतले नेपालको प्रतिनिधित्व गर्ने

images

प्रभाव न्यूज

७ माघ २०८१
  • 3.8K
    SHARES
  • images
    ’मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ मा राउतले नेपालको प्रतिनिधित्व गर्ने
    images
    images
    images

    सोलुखुम्बु–नेपालमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको ‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ मा नेपालको तर्फबाट सम्भव राउत क्षेत्रीले प्रतिनिधित्व गर्ने भएका छन्।

    images

    १७ देखि १९ वर्षको उमेर समूह ’इ’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने क्षेत्री सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–१ रुङ्गाका हुन्।

    आगामी अप्रिल ५ देखि १२ सम्म आयोजना हुने सो प्रतिस्पर्धामा दर्जन भन्दा बढी देशका प्रतियोगीहरुको सहभागिता रहने जनाइएको छ। ४ वर्षदेखि ५० वर्ष माथिका उमेर समूहका व्यक्तिको सहभागिता रहने कार्यक्रममा किड्स, टिन र एडल्ट गरी ९ समूहमा प्रतिस्पर्धा गराइनेछ।

    ‘मोडल टुरिजम एम्बेष्टर वल्र्ड–२०२५’ अन्तरगत फेसन शो, फोटो सुट, र्‍याफ्टिङ, पशुपतिनाथ मन्दिर भ्रमण गराउने कार्यक्रम राखिएको छ।

    images

    अप्रिल ११ मा ग्राण्ड फिनाले हुने आयोजक फेसन एराले जनाएको छ। समूहगत विजेताले आगामी जुलाईमा थाइल्याण्डमा आयोजना हुने कार्यक्रममा सहभागी बन्ने मौका प्राप्त गर्नेछन् ।

    images

    क्षेत्री मिस्टर टिन ईन्टरनेसनल नेपालको फाईनल राउण्डमा समेत प्रवेश गरेका छन् ।

    images
    images

    प्रकाशित :माघ ७, २०८१ सोमवार - १८:१४:४२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij