• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


५४ वर्षमा फेरि बिहे गर्दै अभिनेत्री मनीषा कोइराला ? भनिन् – कसले भन्यो, मसँग कोही छैन ?

५४ वर्षमा फेरि बिहे गर्दै अभिनेत्री मनीषा कोइराला ? भनिन् – कसले भन्यो, मसँग कोही छैन ?

images

प्रभाव न्यूज

६ माघ २०८१
  • 5.3K
    SHARES
  • images
    ५४ वर्षमा फेरि बिहे गर्दै अभिनेत्री मनीषा कोइराला ? भनिन् – कसले भन्यो, मसँग कोही छैन ?
    images
    images
    images

    काठमाडौ - नेपाली अभिनेत्री मनीषा कोइरालाले आफ्नो अभिनय यात्रामा थुप्रै हिट र उत्कृष्ट फिल्म दिएका छन्। करियर उत्कर्षमा रहँदा उनलाई क्यान्सर जस्तो गम्भीर रोग भएको थियो, जसले उनलाई केही समयका लागि चलचित्र क्षेत्रबाट टाढा राख्यो। तर, क्यान्सरलाई जितेपछि उनी फेरि फिल्म क्षेत्रमा सक्रिय भइन्। अहिले ५४ वर्षको उमेरमा पनि मनीषा सिंगल छिन्।

    images

    हालै, एक अन्तरवार्तामा मनीषाले जीवनसाथीको आवश्यकताबारे खुलेर कुरा गरिन्। आफ्नो निजी जीवनबारे कमै बोल्ने मनीषाले यस पटक भने आफ्नो जीवनसाथीप्रति चाहनालाई खुलस्त रूपमा व्यक्त गरिन्। पिंकभिल्लासँगको अन्तर्वार्तामा उनले आफ्नो करियर, क्यान्सरसँगको संघर्ष र पार्टनरबारे आफ्ना अनुभवहरू सुनाइन्।

    जब उनलाई पार्टनरको आवश्यकता छ कि भनेर सोधियो, उनले हाँस्दै भनिन्, “कसले भन्यो, मसँग कोही छैन?” उनले स्पष्ट पारिन् कि आफ्नो जीवनसँग उनी पूर्ण रूपमा सन्तुष्ट छिन्। यदि कुनै साथीको प्रवेश हुन्छ भने पनि उनी आफ्नो जीवनको गुणस्तरमा कुनै सम्झौता गर्न चाहन्नन्। उनले थप भनिन्, “मेरो जीवन जस्तो छ, म त्यससँग शान्त छु। यदि कुनै साथीले मेरो जीवनमा नयाँ कुरा थप्न सक्छ र मेरो यात्रामा साथ दिन सक्छ भने म खुसी हुनेछु। तर, म अहिले मेरो जीवनमा भएको स्वतन्त्रता र गुणस्तरलाई परिवर्तन गर्न चाहन्नँ।”

    मनीषाले आफ्नो जीवनको सन्तुलन र स्वतन्त्रताप्रति जोड दिँदै भनिन्, “सही तालमेल हुने साथी भेटिन्छ भने आफै भेटिन्छ। म साथी खोज्दै हिँड्न आवश्यक ठान्दिनँ। मेरो जीवन अहिले पूर्ण छ, म उत्कृष्ट जीवन जिउँदैछु, र यो यात्रा निरन्तर रहनेछ भन्ने आशा गर्छु।”-जनबोली डटकमबाट 

    images

    images
    images

    प्रकाशित :माघ ६, २०८१ आइतवार - १९:०२:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij