• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


गायिका एलिनाको आक्रोश : सबैकुरा मिडियालाई थाहा होला !

गायिका एलिनाको आक्रोश : सबैकुरा मिडियालाई थाहा होला !

images

प्रभाव न्यूज

६ माघ २०८१
  • 4.5K
    SHARES
  • images
    गायिका एलिनाको आक्रोश : सबैकुरा मिडियालाई थाहा होला !
    images
    images
    images

    काठमाडौं - गायिका एलिना चौहान अहिले चर्चामा छिन् । उनको चर्चा अहिले गायकी र सिर्जनाले भने भएको होइन, वैवाहिक सम्बन्धमा चिसो पसेको ‘गसिप’ले हो ।

    images

    उनी घरेलु हिंसाको शिकार बनेकोसम्म चर्चा चलको छ । यसै पनि सिलिब्रिटीको स-साना क्रियाकलाप चर्चामा रहन्छन् । उनीहरूको खानपान र पहिरनसमेत चर्चाका विषय बन्छन् ।

    प्रेम, ब्रेकअप, विवाह र डिर्भोसबारे चर्चा नहुने त कुरै भएन ! गायिका चौहान गत वैशाखमा बागलुङका विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिएकी हुन् ।

    विवाहको एक वर्ष नबित्दै उनीहरूको सम्बन्ध सङ्कटमा परेको चर्चा छ ।

    images

    विष्णु र एलिनाले भने यसबारे बोलेका छैनन् । सम्बन्ध चिसिएको र एलिना घरेलु हिंसापीडित बनेको चर्चा भइरहँदा दुवै मौन बस्नुले थप संशय पैदा गरेको छ ।

    images

    यसबारे खबरहबले एलिनासँग बुझ्ने प्रयास गरेको थियो । तर, एलिना बोल्न चाहिनन् । उल्टै मिडियाप्रति आक्रोश पोखिन् ।

    चर्चामा आएका विषय आफ्ना निजी र व्यक्तिगत भएकाले मिडियाले चासो राख्नुनपर्ने उनको तर्क छ । उनले आक्रोश पोख्दै भनिन्, ‘मैले यसबारे केही बोलेको छैन । मिडियालाई नै सबै कुरा थाहा रहेछ ।

    जसले जे लेख्यो – उसैलाई थाहा होला ।’ यति जवाफपछि एलिना थप बोल्न चाहिनन्, फोन सम्पर्क टुटाइन् ।-खबरहबको सहयोगमा 

    images
    images

    प्रकाशित :माघ ६, २०८१ आइतवार - १८:३३:३८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij