• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जलाउन लागिएको शव नियन्त्रणमा लिएर प्रहरीले गरायो दोस्रो पोष्टमार्टम, गोली हानेर हत्या गरेको खुल्यो

जलाउन लागिएको शव नियन्त्रणमा लिएर प्रहरीले गरायो दोस्रो पोष्टमार्टम, गोली हानेर हत्या गरेको खुल्यो

images

प्रभाव न्यूज

६ माघ २०८१
  • 5.6K
    SHARES
  • images
    जलाउन लागिएको शव नियन्त्रणमा लिएर प्रहरीले गरायो दोस्रो पोष्टमार्टम, गोली हानेर हत्या गरेको खुल्यो
    images
    images
    images

    दाङको दंगिशरण गाउँपालिका–२ कौवाधारीका २५ वर्षीय प्रेमबहादुर कुसारी ३ माघको दिउँसो ४ बजेतिर गम्भीर घाइते भए ।

    images

    घाइते कुसारीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगियो । उपचारमा लैजाँदा कुसारी जंगलमा रुखबाट लडेर गम्भीर घाइते भएको बताइएको थियो । तुल्सीपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भन्दै नेपालगञ्ज नर्सिङ होममा रेफर गरियो ।

    गम्भीर घाइते कुसारीलाई ३ माघकै राति साढे ८ बजेतिर चिकित्सकले मृत घोषित गरे । नर्सिङ होममा मृत घोषित भएका कुसारीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल बाँके लगियो । भेरी अस्पतालले पोस्टमार्टम गरिसकेपछि कुसारीको शव उनका बाबु अबिरले ४ गते बुझे ।

    शव घरमा ल्याएर सद्‌गत् गराउने तयारी गरिरहेका बेला कुसारीको घरमै प्रहरी पुगेको थियो ।

    images

    जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपी अर्जुन तिमल्सिना र इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक (इन्सपेक्टर) विनोदराज खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले शव नियन्त्रणमा लियो ।

    images

    कुसारीको मृत्यु सामान्य नरहेको सूचना पाएको प्रहरीले उक्त शव पुनः पोस्टमार्टमका लागि भन्दै भेरी अस्पताल नै पठायो । दोस्रो पोस्टमार्टममा भने कुसारीको तिघ्रामा गोली (छर्रा) भेटिएको दाङका एसपी तिमल्सिनाले बताए ।

    ‘पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट खुट्टाको साप्रालगायतमा भरुवा बन्दुकको गोलीको छर्रा भेटिएको छ,’ तिमल्सिनाले भने ।

    प्रहरीले पाएको पूर्वसूचना सही भएपछि थप अनुसन्धान अघि बढाएको थियो । कुसारीमाथि गोली प्रहार भएको आरोपमा प्रहरीले अहिले २ जनालाई पक्राउ गरेको छ । दाङ प्रहरीका प्रवक्ता कविराज रोकायका अनुसार पक्राउ पर्नेहरूमा दंगिशरण–२ कै २२ वर्षीय छविलाल डाँगी र सोही ठाउँका २७ वर्षीय पुष्पलाल बस्नेत छन् ।

    डाँगीलाई ५ माघमा नेपालगञ्जबाट र सोही दिन बस्नेतलाई तुलसीपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुविरुद्ध दाङ जिल्ला अदालतबाट ज्यानसम्न्धी कसुरमा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको रोकायले बताए ।

    अनुसन्धानको क्रममा उनीहरू तीनै जना सिकार खेल्न गएको खुलेको छ । सो क्रममा जंगली जनावरलाई हानेको गोली कुसारीलाई लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर पक्राउ परेकाहरूले भने कुसारी लड्दा आफैंले बोकेको भरुवा बन्दुकको गोली लागेको दाबी गर्दै प्रहरी समक्ष बयान दिएका छन् ।

    सिकार खेल्न प्रयोग गरिएको एक थान भरुवा बन्दुक समेत प्रहरीले दंगिशरण–२ कै राजाकोट सामुदाष्कि वनबाट फेला पारेको छ ।

    यता, पहिलो पोस्टमार्टमका बारेमा भने रुखबाट लडेको भनेर सामान्य पोस्टमार्टम मात्रै गरेर शद्‌गतको प्रक्रिया गर्न खोजिएको प्रहरीको भनाइ छ । पोस्टमार्टम गर्ने चिकित्सकको समेमत शंकास्पद भूमिकाबारे प्रवक्ता रोकाया भन्छन्, ‘पहिलो पोस्टमार्टम रुखबाट लडेको भनेकाले सामान्य गरिएको छ । हामीले घटना संकास्पद छ भनेर पुन पोस्टमार्टम गर्न लगाएपछि मात्रै गोली निकालिएको हो । यसबारे पनि आवश्यक बुझ्ने काम भइरहेको छ ।’

    images
    images

    प्रकाशित :माघ ६, २०८१ आइतवार - १८:२७:३३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij