• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अपडेट : खोटाङमा अटो रिक्सा दुर्घटनाका घाईते किशोरको मृत्यु

अपडेट : खोटाङमा अटो रिक्सा दुर्घटनाका घाईते किशोरको मृत्यु

images

प्रभाव न्यूज

२८ बैशाख २०७८
  • 41.4K
    SHARES
  • images
    अपडेट : खोटाङमा अटो रिक्सा दुर्घटनाका घाईते किशोरको मृत्यु
    images
    images
    images

    खोटाङ- अटो रिक्सा दुर्घट्नामा परी खोटाङमा एक किशोरको मृत्यु भएको छ ।

    images

    मंगलबार जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको घोर्लेबाट बिरामी बोकेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी जाँदै गरेको लु १ स ०३५० नम्बरको अटो रिक्सा दुर्घटना हुँदा गम्भीर घाईते भएका जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका १३ वर्षीय गोकुल परियारको मृत्यु भएको हो ।

    थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीले रेफर गरेपछि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजानेक्रममा परियारको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक सागर शाहले बताउनुभयो ।

    घोर्लेबाट चिसापानी जानेक्रममा सामुदायीक भवनडाँडाको तारेभीरमा अटो रिक्सा पल्टिँदा गोकुल सहित जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका चालक ३३ वर्षीय जीवन राई, उनकै ७ महिनाको छोरा जर्मन राई, घोर्लेका १६ वार्षीय मनिराम राई र ६३ वर्षीय रत्नबहादुर राई घाईते भएका थिए । अटो दुर्घट्नामा चालक जीवन र गोकुल गम्भीर घाईते बनेका थिए ।

    images

    एम्बूलेन्समा हालेर धरान लैजानेक्रममा गोकुलको चतरामा पुगेपछि मृत्यु भएको हो । अन्य बिरामीलाई अस्पताल पठाएर उनको शवलाई गाउँ फर्काउने तयारी भइरहेको प्रहरी निरिक्षक शाहले बताउनुभयो । घाईतेमध्ये जीवन, जर्मन, गोकुल र रत्नबहादुरलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो ।

    images

    अटो रिक्सा सडकको मोडमा व्याक गरी घुमाउनेक्रममा करिब ५-६ सय मिटर तल बिस्टोंपा खोलामा पुगेको स्थानीयले बताएका छन् । घट्ना लगत्तै ईलाका प्रहरी कार्यालय चिसापानी र ईलाका प्रहरी कार्यालय सईको कमाण्डमा खटिएको प्रहरी र स्थानीयबासीले घाईतेको उद्धार गरेका थिए ।

    images
    images

    प्रकाशित :बैशाख २८, २०७८ मंगलवार - १८:००:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij