• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


सार्क सम्मेलनबारे आरजुलाई जयशंकरको प्रश्न- तिम्रो देशमा आएर मान्छे मारेको भए के हुन्थ्यो ?

सार्क सम्मेलनबारे आरजुलाई जयशंकरको प्रश्न- तिम्रो देशमा आएर मान्छे मारेको भए के हुन्थ्यो ?

images

प्रभाव न्यूज

१ माघ २०८१
  • 3.0K
    SHARES
  • images
    सार्क सम्मेलनबारे आरजुलाई जयशंकरको प्रश्न- तिम्रो देशमा आएर मान्छे मारेको भए के हुन्थ्यो ?
    images
    images
    images

    काठमाडौं - भारतले सार्क बैठक राख्न नचाहेको तथ्य सार्वजनिक गर्दै परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरले आफूसमक्ष राखेको प्रश्न संसदीय समितिमा सुनाएकी छन् ।

    images

    प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उपस्थित भएकी मन्त्री राणाले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सार्क बैठक राख्न निरन्तर पहल गरेपनि भारत-पाकिस्तान तनावका कारण सम्भव नभएको बताएकी हुन्।

    उनले आफूसँग भारतीय समकक्षीले राखेको प्रश्न सुनाउँदै भनिन्, ‘अध्यक्षको हैसियतले हामीले प्रयास नगरेको होइन। राष्ट्र प्रमुखहरूको शिखर बैठक बस्न सबै पक्ष सहमत हुनुपर्छ ।

    यहि सेप्टेम्बरमा मैले भारत जाँदा सार्कको विषय उठाएको थिएँ तर उता जयशंकरजीले तिम्रो देशमा आएर मान्छे मारेको भए मिटिङ हुन्थ्यो ? भनेर प्रश्न गरेपछि मैले जवाफ दिन सक्ने अवस्था रहेन ।’

    images

    भारतले पाकिस्तान समर्थित आतंकवादीले आफ्नो देशमा मान्छे मारेको भन्दै सार्क शिखर सम्मेलनमा बस्न अश्वीकार गर्दै आएको छ । मन्त्री राणाले नेपालको तर्फबाट प्रयास भने जारी रहेको बताइन् ।

    images

    images
    images

    प्रकाशित :माघ १, २०८१ मंगलवार - १२:२२:४४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij