• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


अटो रिक्सा दुर्घट्ना हुँदा खोटाङमा पाँच जना घाईते

अटो रिक्सा दुर्घट्ना हुँदा खोटाङमा पाँच जना घाईते

images

प्रभाव न्यूज

२८ बैशाख २०७८
  • 26.6K
    SHARES
  • images
    अटो रिक्सा दुर्घट्ना हुँदा खोटाङमा पाँच जना घाईते
    images
    images
    images

    खोटाङ - अटो रिक्सा दुर्घट्ना हुँदा खोटाङमा पाँच घाईते भएका छन् । जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको घोर्लेबाट बिरामी बोकेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी जाँदै गरेको लु १ स ०३५० नम्बरको अटो रिक्सा दुर्घटना हुँदा ७ महिनाको बालक सहित पाँच जना घाईते भएका हुन् ।

    images

    मंगलबार घोर्लेबाट चिसापानी जानेक्रममा सामुदायीक भवनडाँडाको तारेभीरमा अटो पल्टिँदा जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका चालक ३३ वर्षीय जीवन राई, उनकै ७ महिनाको छोरा जर्मन राई, सोही ठाउँका १३ वर्षीय गोकुल परियार, घोर्लेका १६ वार्षीय मनिराम राई र ६३ वर्षीय रत्नबहादुर राई घाईते भएका हुन् ।

    दुर्घट्नामा अटो चालक जीवन र गोकुलको अवस्था गम्भीर बनेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरिक्षक सागर शाहले बताए ।

    प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीले घाईतेमध्ये जीवन, जर्मन, गोकुल र रत्नबहादुरलाई बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरेको प्रहरीले जनाएको छ ।

    images

    अटो रिक्सा सडकको मोडमा व्याक गरी घुमाउनेक्रममा करिब ५-६ सय मिटर तल बिस्टोंपा खोलामा पुगेको स्थानीयले बताएका छन् । घट्ना लगत्तै ईलाका प्रहरी कार्यालय चिसापानी र ईलाका प्रहरी कार्यालय सईको कमाण्डमा खटिएको प्रहरी र स्थानीयबासीले घाईतेको उद्धार गरेका थिए ।

    images

    images
    images

    प्रकाशित :बैशाख २८, २०७८ मंगलवार - १७:३५:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij