• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सकियो

उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सकियो

images

प्रभाव न्यूज

२८ पौष २०८१
  • 2.3K
    SHARES
  • images
    उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सकियो
    images
    images
    images

    उदयपुर– राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा उदयपुरगढी–चौदण्डीगढी ऐतिहासिक पदयात्रा सम्पन्न भएको छ ।

    images

    नेपाली सेनाको सक्रियतामा भएको पदयात्रामा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता थियो । यही पुस २१ गते सुरु भएको पदयात्रा आज समापन भएको सेनाले जनाएको छ । पुस २७ को अवसर पारेर सेनाले विभिन्न जिल्लाका एकीकरण मार्गमा पदयात्रा गर्दै आएको छ ।

    यस अवसरमा उदयपुरमा अन्य क्रियाकलाप पनि समावेश गरिएको थियो ।

    विभिन्न विद्यालयका विद्यार्थीबीच वक्तृत्वकला, कविता वाचन, हाजिरीजवाफ प्रतियोगितासहित रचनात्मक कार्यक्रमको आयोजना गरिएको थियो ।

    images

    पदयात्रामा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीका साथै अभिभावक, त्रियुगा र चौदण्डीगढी नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिकाका स्थानीयवासी, जनप्रतिनिधिलगायत व्यक्तित्वको सहभागिता थियो ।

    images

    images
    images

    प्रकाशित :पौष २८, २०८१ आइतवार - ०१:०१:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij