• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


बाढीले पुल बगाएको साढे तीन महिनापछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज, यातायातमा सहज

बाढीले पुल बगाएको साढे तीन महिनापछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज, यातायातमा सहज

images

प्रभाव न्यूज

२७ पौष २०८१
  • 6.7K
    SHARES
  • images
    बाढीले पुल बगाएको साढे तीन महिनापछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज, यातायातमा सहज
    images
    images
    images

    खोटाङ, २७ पुष - सगरमाथा लोकमार्ग अन्तरगत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ ।

    images

    गत असोज–१२ गते आएको भीषण बाढीले मोटरेबल पक्की पुल बगाएपछि त्यसको वैकल्पिक व्यवस्थापन गर्न अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

    खोटेहाङ गाउँपालिका–९ को लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आपटारको सीमानामा पर्ने फोक्सिङटारमा रु एक करोड दुई लाख ९४ हजार ६७७ लागतमा सगरमाथा लोकमार्ग गाईघाट–दिक्तेल योजना कार्यालयका प्रमुख पशुपति ज्ञवाली जानकारी दिनुभयो ।

    IMG-20250111-WA0000.jpg

    images

    खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्न प्रमुख मार्गमा पर्ने फोक्सिङटारमा ५० मिटर लम्बाई र साढे तीन मिटर चौडाई रहेको अस्थायी बेलिब्रिज आरएन कन्स्ट्रक्सन मल्टिपर्पोज प्रा.लि. उदयपुर कटारीले जडान गरेको हो ।

    images

    हिउँदभर करिब छ महिना सञ्चालन हुने अस्थायी बेलिब्रिज आज (शनिबार) कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको छ ।

    फोक्सिङटार पुल बाढीले बगाएको साढे तीन महिनापछि अस्थायी बेलिब्रिज जडान गरेर सञ्चालनमा ल्याइएसँगै खोटाङबाट यसअघि बिच्छेद भएको पूर्वी तराईसँगको सिधा यातायात पुनः नियमित भएको छ ।अस्थायी बेलिब्रिज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले जिल्लावासीको समस्या दीर्घकालीनरुपमा समाधान गर्न मोटरेबल पक्की पुल निर्माणका लागि पहल गरिरहेको बताउनुभएको छ ।

    IMG-20250111-WA0019.jpg

    “फोक्सिङटार पुल खोटाङवासीको दैनिकीसँग जोडिएको छ । अहिले जोडिएको बेलिब्रिजले अस्थायीरुपमा भएपनि सुविधा पुग्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो, “मोटरेबल पक्की पुल नभएसम्म समस्या रहिरहन्छ । यो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न पहल गरिरहेको छु। स्रोत सुनिश्चित हुने बित्तिकै पक्की पुल निर्माणको काम अगाडि बढाउँछौँ ।”

    फोक्सिङटारमा पक्की पुल निर्माण नहुँदासम्म हिउँदमा बेलिब्रिज जडान गर्ने र वर्षातको समयमा झिक्ने हुँदा फेरि वर्षाको समय शुरु हुनासाथ उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात आवागमन बन्द हुनेछ । हिउँदमा जसोतसो बेलिब्रिज जडानसँगै उदयपुर र खोटाङ जिल्लाको सीधा यातायात जोडिए पनि वर्षामा पुनः समस्या हुने भन्दै खोटाङवासीले सरकारलाई स्थायी पुल निर्माण गर्न माग गर्दै आइरहेका छन् ।

    फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान भएसँगै जिल्लाासीलाई तराईका जिल्ला आवतजावत गर्न र व्यापारीहरुलाई दैनिक उपभोग्य वस्तु ढुवानीमा सहज भएको उद्योग वाणिज्य सङ्घ खोटाङका राजनप्रसाद अध्यक्ष आचार्यले बताउनुभयो । “फोक्सिङटार पुल बाढीले बगाएपछि मध्यपहाडी लोकमार्गको घुर्मी–कटारी हुँदै सामान ढुवानी गर्नुपर्ने बाध्यता थियो । अस्थायीरुपमै भएपनि आजबाट फोक्सिङटारमा बेलिब्रिज जडान भएको छ”, उहाँले भन्नुभयो, “फोक्सिङटारमा जडान गरिएको बेलिब्रिज सञ्चालनमा आएपछि आवातजावतका साथै ढुवानी भाडासमेत घट्छ । बेलिब्रिजका कारण जिल्लामा बिक्री- वितरण भइरहेका हरेक सामानको मूल्य प्रति केजी रु २ सस्तो हुन्छ ।”

    फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गर्न र खोल्नका लागि सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय उदयपुरले मङ्सिर–२८ गते ठेकेदार कम्पनीसँग सम्झौता गरेको थियो ।

    ठेकेदार कम्पनीले नदीमा पानी बढेपछि उक्त बजेटबाटै अस्थायी बेलिब्रिज खोलेर स्टोर गरी राख्नुपर्ने सम्झौतामा उल्लेख छ ।

    फोक्सिङटारमा २०७९ सालमा १२० मिटर लामो ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल बनेपछि लामो समयअघिदेखि वर्षेनी अस्थायी बेलिब्रिज जडान गरेर यातायात सञ्चालन गर्ने र झिकेर राख्नुपर्ने बाध्यता अन्त्य भएको थियो ।

    तर, दुई वर्ष नबित्दै फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएपछि जिल्लावासीका लागि पुनः अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने बाध्यता दोहोरिएको हो ।

    ठेकेदार कम्पनी गौरी–पार्वती–वाईपी जेभीले फोक्सिङटारमा निर्माण गरिरहेको पुल ‘फिनिसिङ’ गर्न र हस्तान्तरण गर्न बाँकी छँदै २०७९ पुस–७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो ।

    निर्माणको जिम्मा लिने ठेकेदारको ढिलासुस्तीका कारण फोक्सिङटारमा मोटरेबल पक्की पुल बन्न दश वर्ष कुर्नु परेको थियो।

    देशभर जनधनको ठूलो क्षति गर्नेगरी आएको अविरल वर्षासँगै बाढीले फोक्सिङटार पुल बगाएपछि ठेकेदार कम्पनी तथा नेताहरुको चर्को आलोचना भइरहेको छ ।

    नेताहरुले कमिशनको लोभमा निर्माण गर्नुअघि ठेकेदारसँगको मिलेमतोमा गलत डिजाइन गराएर कमसल किसिमको निर्माण सामग्री प्रयोग गरेर मोटरेबल पक्की पुल बनाएकाले बाढीले बगाएको उनीहरुको आरोप छ ।

    images
    images

    प्रकाशित :पौष २७, २०८१ शनिवार - १३:३३:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij