• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


लमजुङ केन्द्रविन्दु भएर भूकम्प

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

images

प्रभाव न्यूज

२७ पौष २०८१
  • 7.8K
    SHARES
  • images
    लमजुङ केन्द्रविन्दु भएर भूकम्प
    images
    images
    images

    काठमाडौं - पुस महिनामा लगातार भूकम्पहरू गइरहेका छन् ।

    images

    आज (शनिबार) बिहान ५ बजेर २७ मिनेट जाँदा लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो ।

    यसको केन्द्रविन्दु लमजुङको खुदी भन्ने स्थान आसपास रहेको केन्द्रको भनाइ छ ।

    images

    यसअघि पुस १६ गते बैतडी केन्द्रविन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    images

    त्यस्तै, पुस १८ गते सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    १९ गते मनाङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सोही दिन मुगुमा ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यस्तै, पुस २३ मा तिब्बतको दिंग्री केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सो भूकम्पको धक्का काठमाडौंमा पनि राम्रैसँग महसुस भएको थियो ।

    images
    images

    प्रकाशित :पौष २७, २०८१ शनिवार - १२:५०:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij