• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


आफ्नै दुई छोरीको आमाले गरिन घाँटी थिचेर हत्या, कारण यस्तो

आफ्नै दुई छोरीको आमाले गरिन घाँटी थिचेर हत्या, कारण यस्तो

images

प्रभाव न्यूज

२४ पौष २०८१
  • 12.9K
    SHARES
  • images
    आफ्नै दुई छोरीको आमाले गरिन घाँटी थिचेर हत्या, कारण यस्तो
    images
    images
    images

    काठमाडौं- सल्यानमा दुईजना नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ ।

    images

    बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल) का ३ वर्षीया करिश्मा राना र ६ महिने नाबालिका राघवी राना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले बताए ।

    बुधबार बिहान ती दिदीबहिनीसँगै आमा पूर्णिमा राना पनि घरमै थिइन् ।

    यही प्रकरणमा प्रहरीले आमालाई हिरासतमा लिएको हो।

    images

    दुई छोरीका बुवा टेकमान राना कामका लागि नुवाकोटमा थिए। घटना शंकास्पद देखिएपछि प्रहरीले आमा पूर्णिमालाई नियन्त्रणमा लिएको थियो।

    images

    दुई छोरी हत्या आरोपमा नियन्त्रणमा लिएपछि प्रहरीले पूर्णिमासँग सोधपुछ गरेको थियो।

    सोधपुछका क्रममा २६ वर्षीया पूर्णिमाले दुवै छोरीको हत्या गरेको स्वीकारेको प्रहरीको उद्धृत गर्दै त्यहाँका वडाध्यक्ष बुढामगरले बताएका छन् ।

    पूर्णिमाले दुवै छोरीका गला दबाएर ज्यान लिएको बयान प्रहरीलाई दिएकी छन् ।

    दुवै छोरीको शव झुन्डिएर ज्यान गए जस्ता देखिएको बुढामगरले बताए ।

    पूर्णिमामा कुनै मानसिक समस्या देखिएको छैन । तर प्रहरीसँगको बयानमा उनले नुवाकोटमा रहेका पतिसँग बुधबार बिहान १० बजेतिर फोनमा झगडा परेपछि त्यही रिसमा छोरीहरूको ज्यान लिएको बताएकी छन् ।

    दुवै बालिकाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। बालिकाका बुवालाई प्रहरीले नुवाकोटबाट झिकाइसकेको छ।

    images
    images

    प्रकाशित :पौष २४, २०८१ बुधवार - २०:०३:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij