• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


घरभित्रै मृत भेटिए दिदीबहिनी

घरभित्रै मृत भेटिए दिदीबहिनी

images

प्रभाव न्यूज

२४ पौष २०८१
  • 5.7K
    SHARES
  • images
    घरभित्रै मृत भेटिए दिदीबहिनी
    सांकेतिक तस्विर
    images
    images
    images

    काठमाडौं - सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातल भन्ने गाउँमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक (इन्सपेक्टर) बाबुराम बस्नेतका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् ।

    उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको इन्सपेक्टर बस्नेतले जानकारी दिए ।

    ‘दुई जना छोरी र आमा सँगै एउटै घरमा बस्ने गर्नुभएको रहेछ,’ बस्नेतले  भने, ‘बुवा नुवाकोटमा काम गर्नुहुँदो रहेछ । दुइवटै छोरीको मृत्यु भएको अवस्थामा भेटिएको छ ।’

    images

    घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको उनले बताए ।

    images

    ‘घटना शंकास्पद देखिन्छ । कहिँ न कसैले केही गरेको हुनपर्छ । कसरी घटना भयो भन्नेबारे हामी अनुसन्धानमै छौं,’ उनले भने ।

    images
    images

    प्रकाशित :पौष २४, २०८१ बुधवार - १७:२५:२२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij