• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


समयमै उपचार नपाएर सुत्केरी र शिशुको बाटोमै मृत्यु

समयमै उपचार नपाएर सुत्केरी र शिशुको बाटोमै मृत्यु

images

प्रभाव न्यूज

२४ पौष २०८१
  • 4.1K
    SHARES
  • images
    समयमै उपचार नपाएर सुत्केरी र शिशुको बाटोमै मृत्यु
    images
    images
    images

    बझाङको केदारस्युँ गाउँपालिकामा सुरक्षित प्रसूतिका लागि अस्पताल लैजाने क्रममा बाटोमै बच्चा जन्माएकी महिला र नवजात शिशुको मृत्यु भएको छ ।

    images

    केदारस्युँ गाउँपालिका– १ डुडिलकी २१ वर्षीया खिना बोहराको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको हो ।

    आइतबार रातिबाट सुत्केरी बेथाले च्यापेपछि खिनालाई आफन्तले सोमबार बिहान स्थानीय रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरा लैजान खोजेका थिए । अस्पताल नपुर्‍याउँदै उनले भट्टे भन्ने ठाउँमा बाटोमै बच्चा जन्माएकी थिइन् । अत्यधिक रक्तस्राव भएर खिनाले बाटोमै ज्यान गुमाएको रायल प्राथमिक स्वास्थ्यचौकीका अहेव कमलकुमार मल्लले बताए ।

    ‘वडासदस्यले मलाई एक महिलाले बाटोमै बच्चा जन्माएको खबर गरेलगत्तै एम्बुलेन्स लिएर गएका थियौँ,’ उनले भने, ‘तर, अत्यधिक रक्तस्राव भएको रहेछ, बचाउन सकेनौँ ।’ बिहानको कठ्यांग्रिने चिसोमा सुत्केरी र नवजात शिशुले न्यानो नपाएको उनले बताए ।

    images

    अहेव मल्लका अनुसार खिनाले नियमित गर्भचाँज गराउने गरेकी थिइन् । चिकित्सकले बच्चा जन्माउने डेट २६ माघमा दिएका थिए । उनले पहिलो सन्तानलाई जन्म दिएकी हुन् । महिलाको घरबाट स्वास्थ्यचौकी करिब सात किलोमिटरको दूरीमा रहेको उनले बताए ।

    images

    खिनाका श्रीमान् उमेश रोजगारीका लागि भारत छन् । घरमा सासू–ससुरा र दुईजना नन्द छन् ।

    ‘आइतबार दिउँसोबाटै खिनाको पेट दुखेको रहेछ । उनको घर नजिकसम्म एम्बुलेन्स जान्थ्यो,’ अहेव मल्लले भने, ‘समयमै खबर गरेको भए महिलाको ज्यान जोगाउन सकिन्थ्यो ।’सुत्केरी बेथाले च्यापेपछि आफन्तले उनलाई बिहानै अस्पताल लगेका थिए ।

    उनले बिहान करिब ५ बजेतिर बच्चालाई जन्म दिएकी थिइन् । बच्चा जन्मिएपछि खिनाका नन्द र फुपू हँसिया माग्न स्थानीय पदमप्रसाद भट्टको घर पुगेका थिए ।

    ‘हँसिया माग्न आएपछि मैले बाटोमै बच्चा जन्मिएको थाहा पाएँ,’ वडासदस्यसमेत रहेका भट्टले भने, ‘त्यसपछि स्वास्थ्यचौकीमा फोन गरेर एम्बुलेन्स बोलाएँ, तर ढिलो भइसकेको रहेछ ।’

    शिशु घरबाहिर लैजाँदा सँगै हँसिया बोक्ने चलन रहेको उनले बताए ।भट्टका अनुसार खिना घरदेखि बच्चा जन्माएको ठाउँमा आफैँ हिँडेर गएकी थिइन् । खिनासँग उनकी सासू, ससुरा, नन्द र छिमेकी महिला थिए ।

    अरूको सहारामा करिब २० मिनेट हिँडेपछि उनी थप हिँड्न नसक्ने भएर बाटोमै बसेकी थिइन् । ‘अगाडि हिँड्न सक्दिनँ भनेर बाटोमै बसिछन् ।

    केहीबेरमा बच्चा जन्मियो,’ भट्टले भने, ‘बच्चा जन्माएपछि उनी बेहोस भइन्, मैले पानी खुवाएपछि अरूको सहारामा उठिन्, कम्मर बेस्सरी दुख्यो भन्दै थिइन् ।’

    images
    images

    प्रकाशित :पौष २४, २०८१ बुधवार - ०६:३५:०८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij