• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने

आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने

images

प्रभाव न्यूज

१९ पौष २०८१
  • 11.4K
    SHARES
  • images
    आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने
    images
    images
    images

    काठमाडौँ - सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

    images

    ती उल्का वर्षाको स्रोत भूतप (बुटिज) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकाले यसलाई भूतप उल्का वर्षा नाम दिइएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । भूतप उल्का वर्षा पुस १३ देखि २८ गतेसम्म सक्रिय रहने भए पनि आज राति भने अत्यधिक हुने उनले बताए ।

    आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिनेछ । उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने भट्टराईले उल्लेख गरे । अत्यधिक उल्का वर्षा हुने समयमा नाङ्गो आँखाले आकाशमा हेरेर अवलोकनकर्ताले मनोरञ्जन लिन सक्नेछन् ।

    उल्का वर्षाको समयमा प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म वर्षा हुने अनुमान गरिएको छ । ती आगोका झिल्काजस्तै मध्यम गतिका उल्का वर्षा करिब ७० किमीमाथि वायुमण्डलमा देखिनेछन् ।

    images

    पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्रगतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली बोलचालमा ‘तारा खसेको’ पनि भनिन्छ ।

    images

    images
    images

    प्रकाशित :पौष १९, २०८१ शुक्रवार - २०:२५:०६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij