• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खानेपानीमन्त्री भन्छन्- हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छु

खानेपानीमन्त्री भन्छन्- हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छु

images

प्रभाव न्यूज

१९ पौष २०८१
  • 3.1K
    SHARES
  • images
    खानेपानीमन्त्री भन्छन्- हरेक नागरिकको घरमा शुद्ध खानेपानीसहित नलको व्यवस्था गर्छु
    images
    images
    images

    बारा– खानेपानीमन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताएका छन् ।

    images

    आज नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया बाराको आयोजनामा कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (तीन दशमलव ४ किमी) नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।बारा– खानेपानीमन्त्री प्रदीप यादवले बारा जिल्लाका हरेक नागरिकको घर घरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने बताएका छन् ।

    आज नेपाल खानेपानी संस्थान, शाखा कार्यालय कलैया बाराको आयोजनामा कलैया उप–महानगरपालिका स्थित मानमत–कलैया–मटिअर्वा सडक खण्डमा जोडिने त्रिचन्द्र स्कूलदेखि भतौडा पोखरी (तीन दशमलव ४ किमी) नयाँ खानेपानी पाइपलाइन विस्तार परियोजनाको शिलान्यास गर्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

    ‘विगतमा दुई सय ५० फिटमा चापाकलमा पानी आउँथ्यो, चुरे दोहन, जङ्गल फडानी तथा जलवायु परिवर्तनका कारण तीन सय फिटमा पनि आउन छोडेको छ’, उनले भने, ‘शुद्ध खानेपानीका लागि ठोस पहल नचाले तराईमा पानीको निकै हाहाकार हुने सम्भावना छ ।

    images

    सरकार हरेक नागरिकको पहुँचमा शुद्ध खानेपानी पुर्‍याउनका लागि कटिबद्ध रहेको छ ।’ बाराको सिस्वा गाउँवासी एवं आसपासका क्षेत्रका लागि खानेपानी आयोजना निर्माण गर्न आगामी महिना रु १४ करोडको टेण्डर आह्वान गर्ने कार्य योजना रहेकोसमेत मन्त्री यादवले विश्वास दिलाए ।

    images

    images
    images

    प्रकाशित :पौष १९, २०८१ शुक्रवार - १४:४८:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij