• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा भोजपुरमा स्कारपियो दुर्घटना, १० जना घाइते

टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा भोजपुरमा स्कारपियो दुर्घटना, १० जना घाइते

images

प्रभाव न्यूज

११ पौष २०८१
  • 4.9K
    SHARES
  • images
    टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा भोजपुरमा स्कारपियो दुर्घटना, १० जना घाइते
    images
    images
    images

    भोजपुर -पर्यटकीय स्थल टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा बिहीबार बिहान भोजपुरमा स्कारपियो दुर्घटना भएको छ ।

    images

    भोजपुर नगरपालिका-५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कार्पियो सडकबाट खस्दा दुर्घटना हुन पुगेको हो ।

    चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

    घाइते हुनेमा इलामको माङ्सेबुङ गाउँपालिका-६ का नवीनकुमार राई, उनका साढे २ वर्षे छोरा निगेल राई र सोही स्थानकी मेनुका घले छन् ।

    images

    यस्तै, भोजपुर नगरपालिका-५ कि लाक्पादिकी शेर्पा, जुनुका राई र रामकुमार राई, झापाको गौरादह नगरपालिका-७ का झम्कबहादुर घले र देवीकला घले, सुनसरीको धरान उपमहानगरपालिका-२ कि ईहायाराना सुब्बा र धरान-८ का चालक सुदीप लिम्बू घाइते भएका छन् ।

    images

    घाइतेमध्ये झम्कबहादुर घले र देवीकला घलेको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घाइतेहरूलाई तत्काल जिल्ला अस्पताल भोजपुर पुर्‍याइएको थियो ।

    गम्भीर घाइतेहरूलाई थप उपचारका लागि काठमाडौं लाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले

    images
    images

    प्रकाशित :पौष ११, २०८१ बिहिवार - ११:२६:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij