• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मुन्दुम पदमार्गको विकासका लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिकाहरू जुट्दै

मुन्दुम पदमार्गको विकासका लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिकाहरू जुट्दै

images

प्रभाव न्यूज

१० पौष २०८१
  • 3.9K
    SHARES
  • images
    मुन्दुम पदमार्गको विकासका लागि भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिकाहरू जुट्दै
    images
    images
    images

    भोजपुर – सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गको विकास गर्न भोजपुरसहित तीन वटा जिल्लाका पालिका जुटेका छन् ।

    images

    ‘मुन्दुम भ्रमण वर्ष सन् २०२५’ घोषणा गरेर भोजपुर, खोटाङ र सोलुखुम्बुका पालिका यो पदमार्गको विकास तथा विस्तारमा जुटेका हुन् ।

    भ्रमण वर्षमा पदमार्गमा आन्तरिक र बाह्य गरी एक लाख जना पर्यटक भित्र्याउने लक्ष्य छ ।

    पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रूपमा लिइने मुन्दुम पदमार्गको विकासमा तीन वटा जिल्लाका पालिका एकजुट बनेर अघि बढेको भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

    images

    भ्रमण वर्षलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनका लागि मुन्दुम पदमार्गमा पर्ने टेम्केमैयुङ–४ नागीमा आउँदो माघ १ देखि ५ गतेसम्म ‘सांस्कृतिक, पर्यटन तथा कृषि मेला को आयोजना गरिएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

    images

    यो कार्यक्रममार्फत मुन्दुम पदमार्गको प्रवद्र्धन र दिगो विकासका लागि यस क्षेत्रमा पर्ने पालिकाको साझा अवधारणापत्र सार्वजनिकसँगै संयुक्तरूपमा हस्ताक्षर गरिने उहाँको भनाइ छ ।

    मेलामा पर्यटकलाई लक्षित गरेर स्थानीय उत्पादनको प्रदर्शनी पनि गरिनेछ ।

    मुन्दुम पदमार्गको बृहत्तर विकासका लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, खोटाङको केपिलासगढी गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र सोलुखुम्बुको महाकुलुङ गाउँपालिका संयुक्तरूपमा जुटेका हुन् ।

    यो पदमार्गको थप विकास तथा विस्तारका लागि स्वीस सरकार, केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा यो वर्ष एक करोड ८५ लाख रुपैयाँ बराबरको काम गरिने टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो ।

    भ्रमण वर्षलाई केन्द्रित गरेर पदमार्गको विस्तार, भौतिक संरचनाको निर्माणसँगै खानेपानी, शौचालय, विश्राम स्थललगायतको निर्माण थालिएको उहाँको भनाइ छ ।

    मुन्दुम पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी हिमशृङ्खला एकसाथ हेर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।-रासस

    images
    images

    प्रकाशित :पौष १०, २०८१ बुधवार - १५:४३:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij