• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


नाटकका नाममा जब चर्चमा बालिकाहरूलाई नाङ्गै बनाएर मञ्चमा उतारियो

नाटकका नाममा जब चर्चमा बालिकाहरूलाई नाङ्गै बनाएर मञ्चमा उतारियो

images

प्रभाव न्यूज

१० पौष २०८१
  • 13.0K
    SHARES
  • images
    नाटकका नाममा जब चर्चमा बालिकाहरूलाई नाङ्गै बनाएर मञ्चमा उतारियो
    images
    images
    images

    काठमाडौं - क्रिश्चियन धर्मावलम्बीहरू यतिबेला क्रिसमस पर्वमा रमाइरहेका छन् ।

    images

    नेपालमा पनि हिन्दुसहितका धर्मावलम्बीहरूले इसाईहरूलाई धमाधम क्रिसमसको शुभकामना दिइरहेका छन्। बुधबार क्रिसमसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

    इसाईहरूबीच ‘मेरी क्रिसमस’भन्दै शुभकामना आदान-प्रदान चलिरहेको छ ।

    साताअघिबाटै देशका विभिन्न स्थानमा क्रिसमसको रमाइलो छ । नेपालमा पनि सनातान हिन्दु र बौद्धसहितका धर्म फेरेर इसाई बन्ने बढेसँगै क्रिसमसको रमाइलो बढेको छ ।

    images

    यही शुभकामनाबीचमा एउटा चर्चमा सात दिनअघि नाटक देखाइएको थियो । जहाँ ‘मेरी क्रिसमस २०२४’ लेखिएको अक्षर अगाडिको मञ्चमा केही बालबालिका हलमा बसेकाहरूलाई नाटक देखाइरहेका छन् ।

    images

    आफूलाई क्रिश्चियन धर्मावलम्बी बताउने कल्पना खड्काले टिकटकमा हालेको उक्त भिडियोअनुसार त्यहाँ क्रिसमस पर्वको सन्दर्भचमा बालबालिकाहरू नाटक देखाइरहेका छन् । उता तल हलमा बसेर हेर्ने सयौँको संख्यामा महिला-पुरुष क्रिश्चियन धर्मावलम्बी छन् ।

    हुन त नाटकमा खेल्ने बालबालिका अरु पनि छन् । तर, मञ्चमा दुईजना बालिकालाई भने नाङ्गो बनाइएको छ । यी दुई बालिकाको शरीरको माथिल्लो भागमा कुनै कपडा छैन। शरीरको तल्लो भाग छोपेर माथिल्लो भाग भने नाङ्गै बनाउँदै उनीहरूलाई नाटकका लागि उतारिएको छ । कल्पना खड्काले टिकटकमा हालेको उक्त १ मिनेट २ सेकेन्डको भिडियोलाई पूर्वसचिव भीम उपाध्यायले फेसबुकमार्फत् सार्वजनिक गरिदिएका छन् ।

    जसमा करिब ८ सयजनाले कमेन्ट गरिसकेका छन् । रियाक्सन ३ हजार बढीको छ भने सेयर पनि ३ सय पुग्न लागेको छ। उपाध्यायले धरानको भने पनि उक्त भिडियो कुन स्थानको भन्ने खुलेको छैन ।

    तर चर्चभित्रको हलको भन्ने चाहिँ बुझ्न सकिन्छ । कल्पनाले आफूलाई नाटक मन परेकाले उक्त भिडियो टिकटकमा हालेको बताएकी छन् ।

    तर उनले ती बालिकाहरूको अनुहारसमेत ब्लर नगरी नग्न अवस्थामै परिचय खुल्ने गरी भिडियो सार्वजनिक गरेकी हुन् । उपाध्यायले दुवै बालिकाको अनुहारमा ब्लर गरेर फेसबुकमा पोस्ट गरेका छन् ।

    सयौँजना जम्मा भएको स्थानको हलभित्र मञ्चमा दुई बालिकालाई माथिबाट नाङ्गै बनाएर नाटक देखाउन लगाइएको छ ।

    टिकटकमा उक्त भिडियो हालेकी कल्पना आफैंले भने डिलिट गरिसकेकी छन् ।

    उक्त भिडियोलाई लिएर चर्को विरोध र आलोचना भएपछि हटाएकए उनले आफूलाई पक्राउ गरेर देखाउन प्रहरीलाई चुनौती दिएकी छन् ।

    के छ भिडियोमा ?

    कल्पनाले चर्चभित्रको उक्त भिडियोबारे स्पष्टीकरण दिँदै स्वर्गमा रहेका भनिएका पिताका सन्तानहरूमध्ये आदम र हब्बाको पृथ्वीमा उत्पतिबारे कथा देखाउन ती दुई बालिकालाई नग्न बनाइएको बताएकी छन् ।

    ‘साना नानीहरूले चर्चमा, बाल संगतिमा अभिभावक दिवसका क्रममा प्रस्तुतिसहित अभिनय गरेका हुन् । उत्पतिको पुस्तकबाट आदम र हब्बाको विषयमा एउटा नाटक गरेर देखाएका हुन् ।

    त्यो नाटकमा श्रृष्टि हुँदाको कुरा भएकाले ती बालिकालाई माथिको शरीर नाङ्गै बनाइएको हो’, उनले टिकटकमै आफ्नो बचाउका क्रममा भनेकी छन्, ‘५ वर्षको बच्चाले माथिबाट केही लुगा लगाएको थिएन, तल लगाएको थियो। त्यो अभिनय मन परेर मैले भिडियो टिकटकमा हालेको थिएँ ।

    ती नानीहरूको अभियन डेकोरेशन र शिक्षकको काम मन परेकाले भिडियो बनाएकी हुँ ।’ उनले नाङ्गै रहेका बालिकाबारे बनाइएको भिडियोलाई लिएर केही मानिसले न्यायाधीश बन्दै सिकाउन आएको भनेकी छन् । ‘यहाँ त जज सा’व निस्किएका छन् दुई तीनजना त्यस्ता निस्किएका छन् ।

    केहीले नानीहरूको चरित्र हत्या भएकाले पुलिस केश गर्छु भन्नु भएको थियो । उनीहरूले तपाईंले यस्तो भिडियो हाल्दा चरित्र हत्या भयो भन्नु भयो’, उनी भन्छिन्, ‘म तपाईंलाई पुलिस केश गर्छु । पुलिस लिएर आउँछु भन्नु भयो । पुलिस लिएर आउनुस्, मेरो घरमा चामल सकिएको छ, म सरकारको भात खान जान्छु ।’ उनले त्यो भिडियो बनाएर कुनै अपराध नगरेको भन्दै प्रश्न गर्नेलाई चुनौती दिइन् । ‘मैले त्यस्तो के गरेको छु र पुलिस केश गर्ने ? ५ वर्षको बच्चा कस्तो हुन्छ ? के हुन्छ ? थाहा होला’, उनी चुनौतीसाथ भन्छिन्, ‘५ वर्षको बच्चीको के चाहिँ उम्रिएको छ र त्यस्तो नराम्रो देख्नु भयो ।

    ५ वर्षको बच्चा कस्तो हुन्छ भन्ने थाहा नपाउनेले सोधिरहेका छन् । यदि मेरो भिडियो वकवाश लाग्छ भने स्क्रोल गरेर हटाउनु, भोलिदेखि आउँदैन ।’ उनले उल्टै आफूले हालेको भिडियो ४० हजारले हेरेको भन्दे गर्व गरेकी छन् ।

    ‘साना नाननीहरूले अभिनय गरेको हो’, उनले आफूलाई पक्रन चुनौतीसहित भनेकी छन्, ‘मैले अपराध गरेकी छैन, पुलिस केश गर्छु भन्नेलाई चुनौतीसहित भन्दैछु ।’

    images
    images

    प्रकाशित :पौष १०, २०८१ बुधवार - १५:२८:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij