• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


भक्तपुरमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती

भक्तपुरमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती

images

प्रभाव न्यूज

१० पौष २०८१
  • 8.8K
    SHARES
  • images
    भक्तपुरमा हत्या गरिएका बाबु–छाेराको अन्त्येष्टि, ८१ वर्षीय षडानन्दले दिए छोरा–नातिलाई दागबत्ती
    images
    images
    images

    काठमाडाैं - आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ ।

    images

    भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत भेटिएका थिए ।

    उनीहरुको हत्या कुलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनबाट भएको स्वयं उनले स्वीकार गरिसकेका छन् ।

    मृतकहरुलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ति दिए ।

    images

    हिन्दु संस्कारको मृत्यु संस्कारअनुसार जेठो छोराका नाताले मिलनले नै दागबत्ति दिनुपर्ने हो ।

    images

    तर, परिवारका सबै उनीप्रति आक्रोशित भएका कारण त्यस्तो नगरिएको कुलप्रसादका ज्वाईं तथा पत्रकार दीपक पाण्डेले बताए ।

    दाहसंस्कारपछि षडानन्द नरेफाँटस्थित मनहरास्थित किरियापुत्री भवनमा काममा बसेका छन् ।

    कुलप्रसादकी पत्नी रेजिना पनि श्रीमानको किरियामा छिन्।

    खोटाङमा जिल्ला हुलाक कार्यालयको निमित्त प्रमुखको जिम्मेवारीमा रहेका कुलप्रसादलाई कार्यालयले नै एउटा स्कुटी दिएको थियो ।

    सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउनका लागि सोही स्कुटी लिएर उनी शनिबार भक्तपुर आइपुगेका थिए ।

    अनलाइन फारम भरेर ट्रायल दिने दिनको प्रतीक्षामा उनी बालकोटस्थित छोराहरु बस्ने डेरामै बसेका थिए।

    आइतबार राति मिलन आफैंले पकाएको मासु भात खाएर उनीहरु सुतेका थिए । सोमबार विहान मृत फेला परेका हुन्।

    images
    images

    प्रकाशित :पौष १०, २०८१ बुधवार - १४:२२:१७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij