• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु

शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु

images

प्रभाव न्यूज

८ पौष २०८१
  • 4.6K
    SHARES
  • images
    शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु
    images
    images
    images

    काठमाडौँ । शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातका कारण निधन भएको छ ।  जोरपाटीस्थित बेसी गाउँमा  बस्दै आएकी उनलाई सोमबार बिहान हृदयघात भएपछि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो । 

    images

    तर, त्यहीँ उनलाई चिकित्सकले मृत घोषणा गरेको शक्ति समूहकी पूर्वअध्यक्ष चरिमाया तामाङले जानकारी दिइन् । उदयपुरबाट दनुवारका ससुरा काठमाडौँ आउँदै गरेको र उनी आएपछि दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तामाङले जानकारी दिइन् । 

    दनुवारको निधनको खबरसँगै यतिबेला नेपाल मेडिकल कलेजमा शुभेच्छुकहरुको भिड लागेको छ । 

    मानव बेचबिखन विरुद्धकी अभियन्ता उनी सुनिता फाउन्डेसनको संस्थापक समेत हुन् । 

    images

    images
    images

    प्रकाशित :पौष ८, २०८१ सोमवार - १०:१५:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij