• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पूर्व प्रशासकीय अधिकृत र वडाध्यक्ष सहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व प्रशासकीय अधिकृत र वडाध्यक्ष सहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

images

प्रभाव न्यूज

८ पौष २०८१
  • 5.3K
    SHARES
  • images
    पूर्व प्रशासकीय अधिकृत र वडाध्यक्ष सहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    images
    images
    images

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुबीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, वडाध्यक्ष प्रशान्त तामाङ, उपभोक्ता समितिका अध्यक्ष समेत आठ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images

    शाखा सडक निर्माण कार्यमा अनियमितता गरेको पाइएकाले उनीहरू विरुद्ध आइतबार मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नेगी, इन्जिनीयर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी र असिस्टेन्ट सबइन्जिनीयर लालमान तामाङ विरुद्ध रु १० लाख ८९ हजार ९८९ बराबरको बिगो दाबी गरेको छ ।

    यसैगरी, रुबीभ्याली गाउँपालिका–४ का तत्कालीन वडाध्यक्ष प्रशान्त तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरिएको छ । स्थानीय पागोदेखि स्कूलसम्म शाखा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सन्जिव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङ विरुद्ध पनि रु १० लाख ८९ हजार नौ सय ८९ बराबर बिगो माग गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

    images
    images

    प्रकाशित :पौष ८, २०८१ सोमवार - ०९:५६:४६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij