• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


छोराको कुटपिटबाट बुवाको मृत्यु

छोराको कुटपिटबाट बुवाको मृत्यु

images

प्रभाव न्यूज

८ पौष २०८१
  • 6.0K
    SHARES
  • images
    छोराको कुटपिटबाट बुवाको मृत्यु
    images
    images
    images

    काठमाडौं - सिन्धुपाल्चोकमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    images

    मेलम्ची नगरपालिका–१०, शिखरपुरका ५० वर्षीय यदुबहादुर बस्नेतको हत्या आरोपमा उनका छोरा ३४ वर्षीय राजारामलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

    गएको शनिबार राति राजारामले कुटपिट गर्दा यदु गम्भीर घाइते भएका थिए । उक्त सूचनापछि इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

    यदुको उपचारका क्रममा आइतबार (हिजो) दिउँसो काठमाडौंको अत्तरखेलस्थित मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :पौष ८, २०८१ सोमवार - ०९:४८:५०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij