• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


कुभिण्डेका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडो छल्न न्यानो ज्याकेट वितरण

कुभिण्डेका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडो छल्न न्यानो ज्याकेट वितरण

images

प्रभाव न्यूज

७ पौष २०८१
  • 6.8K
    SHARES
  • images
    कुभिण्डेका दुई विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडो छल्न न्यानो ज्याकेट वितरण
    images
    images
    images

    खोटाङ, ७ पुस - हिउँद्को जाडो छल्न रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको छ ।

    images

    कुभिण्डेस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालयका ५८ जना विद्यार्थीलाई जाडो छल्न न्यानो ज्याकेट वितरण गरिएको हो ।

    रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयका कक्षा–९ र १० मा अध्ययनरत ४१ तथा कालिका आधारभूत विद्यालयका कक्षा–५, ६ र ७ मा अध्ययनरत १७ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरिएको जनाइएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्युरो सदस्य एवम् संविधासभा सदस्य विशाल भट्टराईको पहल तथा सोच नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा ज्याकेट वितरण गरिएको हो ।

    images

    जाडोका बेला सोच नेपालले ज्याकेट उपलब्ध गराएपछि ल्याएर शनिबार र आइतबार कुभिण्डेस्थित दुईवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वितरण गरिएको नेता भट्टराईले बताए।

    images

    ज्याकेट वितरण कार्यक्रममा नेता भट्टराईसहित एमाले केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सल्लाहकार सदस्य हरि पोखरेल, कोशी प्रदेश उपसचिव देवान राई, प्रदेश सचिवालय सदस्य विणादेवी राई, प्रदेश सदस्य सुनिल राई, एमाले खोटाङका अध्यक्ष देवबिक्रम राई, उपाध्यक्ष कुमार आचार्य लगायत नेता/कार्यकर्ताको उपस्थिति रहेको थियो।

    सोच नेपालले जाडो छल्नका लागि निःशुल्क रुपमा न्यानो ज्याकेट उपलब्ध गराएपछि विद्यार्थीहरु हर्षित भएका छन्।

    विद्यार्थीका लागि उपलब्ध गराएको ज्याकेटमध्ये दुईवटा ज्याकेट खार्पास्थित सुकुम्बासी परिवारका सदस्यलाई उपलब्ध गराइएको नेता भट्टराईले जानकारी दिए।

    images
    images

    प्रकाशित :पौष ७, २०८१ आइतवार - २१:१४:२०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij